चिलीमा विरोध प्रदर्शनकाक्रममा तीनजनाको मृत्यु - Pahilo Online

चिलीमा विरोध प्रदर्शनकाक्रममा तीनजनाको मृत्यु

writer

ल्याटिन अमेरिकी मुलुक चिलीमा मूल्यवृद्धिको विरोधमा चर्किएको प्रदर्शनकाक्रममा तीनजनाको मृत्यु भएको छ । राजधानी सान्टियागोको एक सुपरमार्केटमा गरिएको आगजनीकाक्रममा दुईजनाको घटनास्थलमै र एकजनाको अस्पतालमा मृत्यु भएको हो । प्रदर्शन हिंसात्मक बनेपछि भने राष्ट्रपति सेबास्टिन पीनेराले मूल्यवृद्धि गर्ने निर्णय स्थगित गरेका छन् ।

सान्टियागोमा आपत्कालीन अवस्थाको घोषणा गर्दा पनि प्रदर्शन नरोकिएपछि सरकार आफ्नो निर्णय फिर्ता लिन बाध्य भएको हो । रातको समयमा प्रदर्शन झन् चर्किएपछि कर्फ्यु आदेश जारी गरिएको थियो ।

मेट्रोरेलको टिकटमा गरिएको मूल्यवृद्धिको विरोधमा स्कुल तथा विश्वविद्यालयका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । उच्च आवत–जावत हुने समयमा इन्धनको मूल्य बढेको र मुद्राको मूल्य घटेका कारण भाडादर करिब १.१७ डलरले बढाइएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes