बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीलाई गोल्डेन शु अवार्ड - Pahilo Online

बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीलाई गोल्डेन शु अवार्ड

writer

स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीलाई गोल्डेन शु अवार्ड प्रदान गरिएको छ । बुधबार आयोजित एक बिशेष कार्यक्रममा मेस्सीलाई गोल्डेन शु अवार्ड प्रदान गरिएको हो । युरोपियन लिगमा यस सिजन सवार्धिक गोलकर्ता बन्दै मेस्सीले गोल्डेन शु अवार्ड जितेका हुन् । अर्जे्न्टिनाका मेस्सीले यस सिजन ३६ गोल गरेर यस अवार्ड आफ्नो बनाएका हुन् ।

यस अवार्ड जित्न मेस्सीले पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पेलाई ३ गोलले पछि बनाए । शुक्रबार भएको सिजनको अन्तिम खेलमा रिम्सविरुद्ध एक गोल गरेका एमबाप्पेले ३३ गोल गरे । मेस्सीले यो लगातार तेस्रो पटक गोल्डेन शु अवार्ड जितेका हुन् । मेस्सी लगातार तेस्रो सिजन गोल्डेन शु जित्ने पहिलो खेलाडी समेत हुन् ।

यस्तै मेस्सीको यो समग्रमा छैटौं गोल्डेन शु हो । र, मेस्सी सर्वा्धिक गोल्डेन शु जित्ने एक्लो खेलाडी हुन् । मेस्सी भन्दा पछि युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनले चार पटक यस अवार्ड उचालेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes