घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै अमेरिकाद्वारा टर्कीमाथि आर्थिक प्रतिबन्धको घोषणा - Pahilo Online

घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै अमेरिकाद्वारा टर्कीमाथि आर्थिक प्रतिबन्धको घोषणा

writer

वासिङटन । सिरियाली कुर्द लडाकूहरूविरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै संयुक्तराज्य अमेरिकाले मंगलबार टर्कीमाथि आर्थिक प्रतिबन्धहरु लगाएको छ । उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्तराज्य अमेरिकी निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण सुरु गरेको थियो ।

उत्तरपूर्वी सिरियाको कुर्दिस लडाकूको नियन्त्रणमा रहेको यस इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिकरूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना भइरहेको छ । राष्ट्रपति ट्रम्पका रिपब्लिकन सांसदहरूलेसमेत ‘इस्लामिक स्टेट’ समूहविरुद्ध लड्न अग्रसर भएका कुर्दहरूलाई मझधारमा छाडेको आरोप लगाएका छन् । टर्कीसँग छलफल गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स अंकारा जान लागेका छन् । अमेरिकाले टर्कीका दुईओटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले स्टीलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्ताहरूसमेत रोकेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानलाई टेलिफोनमार्फत् तत्काल युद्धविराम रोक्न भनेको उपराष्ट्रपति माइक पेन्सले बताएका छन् । टर्कीले केहीयताबाट उत्तर र उत्तरपूर्वी सिरियामा गरेको आक्रमणपछि करिब एक लाख मानिस विस्थापित भएका छन् । टर्कीक आक्रमणपछि पूर्वी सिरियामा कुर्दिस विद्रोहीसँगको सम्झौतापछि सिरियाली सेना सीमाक्षेत्रमा पुगेको छ । सेनाको प्रवेशपछि टर्की र सिरियाली सेनाबीच संघर्ष हुनसक्ने आशंका गरिएको छ । सिरियाली सेनाले मेन्बिज सहरमा प्रवेश गरिसकेको सिरियाली सरकारी सन्चारमाध्यमले जनाएका छन् ।

टर्कीका राष्ट्रपति एर्डोगानले जस्तोसुकै परिणाम आएपनि आफूहरू लक्ष्य पूरा नभएसम्म पछि नहट्ने बताएका छन् । यसअघि, सिरियाको उत्तरी सीमामा टर्कीले गरेको आक्रमणको प्रतिकार गर्न राष्ट्रपति बसर अल असदको सरकार सेना परिचालन गर्न सहमत भएको सिरियाली कुर्दहरूले बताएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले एउटा विवादास्पद कदमकारुपमा उत्तरी सिरियाबाट एक हजार अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरेको केही दिनपछि नै टर्कीले आक्रमण थालेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes