जापानमा शक्तिशाली आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु - Pahilo Online

जापानमा शक्तिशाली आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु

writer

मुसलधारे वर्षासहितको आँधीका कारण जापानमा कम्तीमा पाँच जनाको ज्यान गएको छ । आँधीका कारण दर्जन मानिस सम्पर्क्विहीन भएका छन् भने कयौँ मानिस घाइते भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

६० वर्ष यताकै ठूलो वर्षा र आँधीको प्रभावले पाँच जनाको ज्यान गएको क्योदो न्यूज एजेन्सीले उल्लेख गरेको बीबीसीले जनाएको छ । राजधानी टोकियोको दक्षिण पश्चिम इजु प्रायद्वीपमा बढी पानी परेको छ ।

आँधीका कारण २ लाख ७० हजार भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको छ । आँधीका कारण बाढी र पहिरोको जोखिम रहेको भन्दै ७ लाख मानिसलाई सुरक्षित ठाउँमा जान भनिए पनि ५० हजार जति मात्रै सुरक्षित ठाउँमा गएका खबरमा उल्लेख छ ।  जापानको मौसम पूर्वानुमान गर्ने निकायले आइतबार पनि आँधीको प्रभाव पर्ने जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes