टी–ट्वान्टी क्रिकेटमा नेपाल ओमानसंग नेपाल ६ विकेटले पराजित - Pahilo Online

टी–ट्वान्टी क्रिकेटमा नेपाल ओमानसंग नेपाल ६ विकेटले पराजित

writer

ओमानविरुद्वको टी–ट्वान्टी क्रिकेटमा नेपाल ६ विकेटले पराजित भएको छ । ६५ रनको लक्ष्य ओमानले ११ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । पहिलो ओभरमै विकेट लिदै सन्दीप लामिछानेले नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । उनले ओमानका ओपनर ओकीब इलियासलाई शुन्य रनमा पेविलियनको बाटो देखाएका थिए ।

तर सुरज कुमारले नटआउट ४२ रन बनाउँदै ओमानको जितको आधार तयार गरेका थिए । ओमानका अन्य ब्याट्सम्यानले समेत दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालका करण केसीले २ तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ११ औ ओभरमा अलआउट हुदै ६४ रन बनाएको थियो । ओपनरद्वय ईशान पाण्डे र कप्तान पारस खड्का सस्तैमा आउट भएको खेलमा नेपालले लगातार विकेट गुमाएको थियो ।

ईशान २ तथा पारस ५ रनमा आउट भएको खेलमा दिपेन्द्र सिंह ऐरी ११, बिनोद भण्डारी ४, आरिफ शेख २० र सन्दीप जोरा शुन्य रनमा पेविलियन फर्किएका थिए । सोमपाल कामी ८, सन्दीप लामिछाने २, करण केसी ८ तथा अभिनाष बोहरा २ रनमा आउट भए । ओमानका आमिर खालिमले सर्वा्धिक ५ विकेट लिएका थिए ।

पाँच देशीय टी–ट्वान्टी सिरिजमा ओमानले ४ खेलबाट ८ अंक जोड्दै सिरिज कब्जा गर्यो । आयरल्याण्ड ६ अंक सहित दोस्रो स्थानमा रह्यो । नेपाल समेत ४ अंक जोडेर तेस्रो स्थानमा रह्यो । नेदरल्याण्ड २ अंक सहित चौथो र अंक विहिन हङकङ पुछारमा रह्यो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes