फिफा विश्वकपको दोस्रो चरणको छनोट खेलमा नेपाल अष्ट्रेलियासँग ५–० ले पराजित - Pahilo Online

फिफा विश्वकपको दोस्रो चरणको छनोट खेलमा नेपाल अष्ट्रेलियासँग ५–० ले पराजित

writer

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । अष्ट्रेलियाको क्यानबेरामा बिहिबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ५–० गोल अन्तरले पराजित भएको हो । जियो स्टेडियममा अष्ट्रेलियालाई जित दिलाउन जेमी म्याक्लारेनले ह्याट्रिक गरे । ह्यारी साउट्टरले एक गोल गर्दा एक गोल आत्मघाती पाएको थियो । नेपालका दिनेश राजवंशीले आत्मघाती गोल गरे ।

पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलियाविरुद्ध नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल खाएको थियो । फिफा वरीयतामा ११७ औं स्थान माथिको अष्ट्रेलियाविरुद्ध नेपालले एक पटक पनि उत्कृष्ट पोस्ट आक्रमण गर्न सकेन् । कमजोर टिम नेपालविरुद्ध अष्ट्रेलियाले खेलको छैटौं मिनेटमा म्याक्लारेनको गोलबाट अग्रता बनाएको थियो । खेलको १९ औं मिनेटमा म्याक्लारेनले व्यक्तिगत दोस्रो गोल गर्दै अष्ट्रेलियालाई २–० को अग्रता दिलाए । खेलको २३ औं मिनेटमा ह्यारीले गोल गर्दै अष्ट्रेलियालाई पहिलो हाफमा ३–० को अग्रता दिलाए ।

खेलको ५९ औं मिनेटमा दिनेशले आत्मघाती गोल गर्दा अष्ट्रेलिया ४–० ले अघि रह्यो । त्यसपछि खेलको ९० औं मिनेटमा म्याक्लारेनले व्यक्तिगत तेस्रो गोल गरेर ह्याट्रिक पुरा गर्दै अष्ट्रेलियालाई ५–० को जित दिलाए । जितसँगै समूह ’बी’ को अष्ट्रेलियाले २ खेलमा शतप्रतिशत जित निकालेको छ । र, अष्ट्रेलियाले २ खेलमा ६ अंक जोडेको छ । अष्ट्रेलिया समूहको शीर्ष स्थानमा रहेको छ ।

नेपालको भने यो दोस्रो हार हो । यसअघि नेपालले कुवेतसँग ७–० को हार व्यहोरेको थियो । नेपालले ३ खेलमा ३ अंक जोडेको छ । नेपालले चाईनिज ताइपेलाई २–० ले हराएको थियो । नेपाल समूहको चौंथो स्थानमा रहेको छ । अब नेपालले चौंथो खेलमा जोर्डनको सामना गर्नेछ । नेपालले जोर्डनसँग अक्टोबर १५ मा उसैको मैदानमा खेल्नेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes