नवीन राईको परिचय त्यति नौलो होइन । कानेपोखरी गाउँपालिका वडा नं–७ चण्डीटोलका स्थायी बासिन्दा हुन् उनी । किरात राई यायोख्खाका केन्द्रिय पदमा बसेर कार्य सम्पादन गरिरहेका छन् । हाल किराया मोरङको सल्लाहकारका रुपमा कार्यरत छन् । राई ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूह कानेपोखरीको अध्यक्ष पदमा रहेर दुई कार्यकाल (२०६५–२०६८) र (२०७३–२०७६) बिताइसकेका छन् । त्यसैगरी, उनले आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको २ कार्यकाल सचिवको जिम्मेवारी पूरा गरीसकेका छन् । प्रस्तुत छ, उनीसंग गरिएका कुराकानीका मुख्य अंशहरु ः
ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूह कानेपोखरीको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाली सक्नुभएको छ, अहिलेसम्म के के गर्नुभयो ?
बिशेषगरी म १५ औ वार्षिक साधारणसभाको चुनावी प्रक्रियाबाट अध्यक्ष पदमा नै आए । हामी आउनेविक्तिकै यस वन समूहमा विषम परिस्थिति कारण आयौँ । यस वन समूहमा मुद्धा–मामिला भइसकेपछि पनि हाम्रो कार्यको निरन्तरता अगाडि वढिरह्यो । हामी यस वन समूहमा बसेर राम्रो काम गर्ने सोच बनाएर आयौँ । हामीले सामूदायिक वनलाई संरक्षण र सम्वद्र्धन गर्दै विकास गर्नुपर्छ भन्ने सोच वोकेर आयौँ । तर हाम्रो ध्यान अन्तैतिर गयो । हामीले भने जस्तो काम गर्न सकेनौं । वनका कार्ययोजना अनुरुप कामहरु गर्न सकिएन । ती कामहरु पूरा गर्नका निम्ति उपभोक्ताहरुको चाहनालाई पूरा गर्न, फेरि नयाँ सोचका साथ सामुदायिक वनलाई अगाडि बढाउनका लागि १९ औ वार्षिक साधारणसभामा मेरो उम्मेद्वारी अध्यक्ष पदमा दावेदारी उपभोक्ता मार्फत फेरि आफूलाई उभ्याएको छु ।
समूहका भावी योजनाहरु केके छन् त ?
अब वनमा के–के गर्ने भन्ने कुरा १९ औ वार्षिक साधारणसभाले प्रस्तुत गरिसकेको छ । अब वनमा खाली खाल्सा जग्गाहरु अझै छन् । त्यसमा वृक्षारोपण गरेर हराभरा बनाउने योजना छ । हिजोका कमी–कमजोरीलाई शिक्षाका रुपमा लिएर वनलाई समृद्ध बनाउन अगाडि बढ्ने नै छौं । वनबाट प्राप्त वन पैदावर उपभोक्ताहरुलाई आवश्यकताको आधारमा वितरण गर्नेछौं । वैज्ञानिक वन व्यवस्थापनको प्रक्रियाबाट सञ्चालन भइरहेको त्यसलाई निरन्तरता दिइरहेका हुनेछौँ । सरपट कटानको जुन आरोप छ, त्यसलाई चिर्नका लागि कटान प्रक्रियामा छनौट गरेर जानुपर्छ भन्ने मेरो सुझाव रहेको छ ।
अब के–के गर्नुहुन्छ त ?
वन संरक्षण र सम्वद्र्धन विकासकै पक्षमा रहने छु । सँगसँगै प्राप्त विकासको पक्षमा नै रहेको छु । वनबाट प्राप्त आम्दानीहरुलाई सही ठाउँमा सदुपयोग गर्ने छु । हाम्रो वनमा भएका सम्भावनाहरुको खोजी गरेर अगाडि बढाउने छु । जस्तै ः– सिमसार भलुवा भुल्के, सुकुना जाने पोखरीहरुलाई विस्तृत कर्मयोजना बनाई पर्यटकीय स्थल बनाइने छ । पर्यटनको विस्तृत कार्ययोजना बनाई पर्यटकीय स्थल बनाइनेछ । पर्यटनको विकास गर्न हाम्रो जङ्गलमा ‘जङ्गल सफारी’ को व्यवस्था गर्ने सोच बनाएका छौ । हामीसँग सिमसार, प्राकृतिक वनको क्षेत्र प्रशस्त भएकाले वन विज्ञानका विद्यार्थीलाई ‘बोटानिकल गार्डन’ को विकास गरिने छ । सिमसार क्षेत्रमा आकर्षक वनभोज स्थल, बाल उद्यान लगायत वन्यजन्तुहरुको संरक्षण गरी प्राकृतिक चिडियाखानाका रुपमा विकास गर्ने छौं । त्यसैगरी, धरै–धेरै आन्तरिक तथा वाह्य पर्यटक भित्राई आर्थिक आम्दानी बढाउने योजनाहरु छन् । त्यससँग गाँसिएका बहुसङ्ख्यक उपभोक्ताहलाई रोजगारीको सुअवसर पाउने छन् । आसपासमा व्यवसाय वृद्धि गरी आर्थिक स्तरमा समुन्नत हुने छ ।
तपाइले यो दुई कार्यकालमा उपभोक्ता सामू कस्ता कार्यहरु गर्नुभएको छ त ?
पहिलो मेरो कार्यकाल (२०६५–२०६८) पहिलो पटक अध्यक्ष हुने मौका पाएँ । जतिबेला राष्ट्र विद्रोहबाट शान्तिपूर्ण ढंगबाट अवतरण खोजिरहेको थियो । त्यस्तो विषम परिस्थितिजन्य समय भए पनि वनलाई संरक्षण गर्ने कुरामा हामी सफल भयौँ । वनमा चोरी–तस्करी हुने गरेको थियो । त्यसलाई रोक्न हामी सफल भयौँ । हामीसँग कार्ययोजना अनुसार संकलन गरिएका वन पैदावर उपभोक्ताहरुलाई वितरण गरियो । जसबाट प्राप्त रकमहरु कार्ययोजनामा उल्लेखित शीर्षकमा वन विकासमा न्यूनतम २५ प्रतिशत, विपन्नमा ३५ प्रतिशत अनि सामाजिक विकास र कार्यालय सञ्चालनमा ४० प्रतिशतको मान्यता भित्र रहेर कार्य गरियो । त्यसपश्चात २०७३ बैशाखबाट २०७६ बैशाखसम्म वैज्ञानिक वन ब्यवस्थापनको सुरुवात गरियो । १८ हेक्टर खाली जग्गामा वृक्षारोपण गरियो । यसै वन समूहबाट कार्यालयलाई आवश्यक सामग्रीहरु वन प्राविधिकलाई जीपीएस, कम्पास, पावर चेन स यी सामग्रीहरु खरिद गरियो । हामीले कार्ययोजना र विधानअनुरुप काम गर्दै आयौ । उल्लेखित वार्षिक कार्ययोजनामा लेखिएका कामहरु पूर्ण रुपमा गर्न त सकिएला तर पनि संरक्षण र सम्वद्र्धन विकासको कार्य १ नम्वरमा नै रहेको छ ।
अहिले वन उपभोक्ता समूहमा आर्थिक पारदर्शीताको प्रश्न उठिरहन्छ, यसमा तपाईको धारणा के छ ?
हिजो वन २०५६ सालमा स्थापना भएकोले पनि अनुभवका आधारले काम गर्ने कर्मचारीहरु मात्र भएकाले ती लेखाका बिषयहरुमा अपुग हुन सक्दछन् । सामाजिक काम गर्ने अभियन्तालाई आरोप–प्रत्यारोप लगाउने नै गर्दछन् । त्यसमा हाम्रो समूहका साथीहरु लगायत आफूले अपारदर्शी काम गरेका छैनौं । समूह ठूलो र समितिहरुको सङ्ख्या वृहत् भएकाले विविध खर्च ठूलो देखिएको छ ।
हाम्रो वन उपभोक्ता समूहको केही बर्षदेखि यता करोड बराबरको आम्दानी हुन थालेको छ । हिजोको वन संरक्षण प्रक्रियाबाट केही कम हुन्थ्यो । वनको यति आम्दानी देखिरहँदा सबैको ध्यान दृष्टि त्यही केन्द्रित हुँदोरहेछ । तर नियत खराब बनाएर काम गरेका छैनौ । प्रक्रियामा त्रुटि भए होलान् मानिस आफैंमा पूर्णता हुदैन, सिक्ने प्रक्रियामा हामी छौं । अनि हाम्रा वनका लेखा कर्मचारीहरु लेखासम्बन्धी बिषयमा ज्ञान छैन ।
अन्त्यमा केही भन्नु छ ?
सम्पूर्ण उपभोक्ताहरु ‘नवीन राई’ त्यति खराब छैन भन्ने महशुस गर्नुभएको होला । विगतका क्रियाकलापहरुमा जे–जति सकारात्मक कामहरु गर्न सकियो, अब फेरि हिजोका कमी– कमजोरीहरु सुधारेर माथि उल्लेखित क्रियाकलापहरु कार्यान्वयन गर्ने कुरामा लागिरहने छौं । सम्पूर्ण उपभोक्ताहरुलाई र सरोकारवालाहरुबाट यस वन समुहका सबै मित्रहरुलाई आगामी कार्यकालमा सहयोगको अपेक्षा गर्दछु । हालसम्म सहयोग गर्नुहुने समितिका साथीहरु सवैलाई धन्यवाद दिन चाहन्छु । यस अनलाईन मार्फत् मेरो विचार राख्न दिनुभएकोमा धेरै धेरै धन्यवाद र सकिंदै गरेको दशैं र आउँदै गरेको तिहार तथा छठ पर्वको सबैमा शुभकामना व्यक्त गर्दछु ।