पथरी शनिश्चरे । नेपाल रेडक्रस सोसाइटीले सबै पालिकामा पालिका कार्यसमिति गठन गर्ने तयारी गरेको छ । यसै अभियानअन्तर्गत पथरी शनिश्चरे नगरपालिका कार्यसमितिको निर्वाचनका लागि मतदान अधिकारीको कार्यालय पथरी शनिश्चरे मोरङले २०८३ वैशाख २७ गते निर्वाचनको मिति तोकेको मतदान अधिकृत चेतनाथ ९चेतन० पौडेलले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीको विधान, २०२० ९अठारौँ संशोधन २०८२ सहित० को परिच्छेद १४ तथा नेपाल रेडक्रस निर्वाचन नियमावली २०४९ ९चौथो संशोधन २०८२० बमोजिम २०८३ देखि २०८५ सम्म तीन वर्षको कार्यावधिका लागि यही २०८३ साल वैशाख २७ गते हुने पथरी शनिश्चरे नगरपालिका कार्यसमितिको अध्यक्ष पद(१, उपाध्यक्ष ९महिला० पद(१, सचिव पद(१, कोषाध्यक्ष पद(१, सदस्य महिला पद (३ र सदस्य खुला पद(४ गरी ११ पदका लागि हुने निर्वाचन कार्यक्रम देहायबमोजिम निर्धारित गरी प्रकाशित गरेको छ ।
कार्यक्रमअनुसार मतदाता नामावली २०८३ वैशाख २१ गते बिहान १०स्०० बजे नेरेसो शनिश्चरे शाखामा प्रकाशन गरिएको छ । उमेदवारको मनोनयन पत्र दर्ता गर्ने मिति २०८३ वैशाख २६ गते बिहान १०स्०० देखि दिउँसो १स्०० सम्म रहेको छ भने मतदान २०८३ वैशाख २७ गते दिउँसो १२स्३० देखि अपराह्न ५स्०० बजेसम्म भागीरथ मावि पथरी शनिश्चरे ४ मोरङको प्राङ्गणमा गरिने भएको छ ।


