इराकमा जारी सरकारविरोधी प्रदर्शन मा १०० जनाको मृत्यु - Pahilo Online

इराकमा जारी सरकारविरोधी प्रदर्शन मा १०० जनाको मृत्यु

writer

बग्दाद । इराकी राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भड्किएको सरकारविरोधी प्रदर्शनकाक्रममा शनिबारसम्म मारिने व्यक्तिको संख्या १०० जना पुगेको छ । इराकी मानवअधिकार आयोगकाअनुसार झन्डै चार हजार व्यक्ति घाइते भएका छन् ।

इराकी मानवअधिकार आयोगका सदस्य अलि अल–बायाटीले बग्दाद र अरु प्रान्तका मुख्य सहरहरुमा चार दिनदेखि जारी हिंसामा सुरक्षाकर्मीसमेत ९९ जनाको ज्यान गएको बताए । उनले आन्दोलनमा संलग्न झन्डै तीन हजार ९९१ जना घाइते भएको पनि जानकारी दिए । यी घाइतेमध्ये अधिकांश आन्दोलनकारी रहेका छन् । बायाटीले हिंसात्मक झडप रोकिने स्थितिमा अझै नरहेको बताए ।

गत मंगलबारदेखि बग्दाद र मुलुकका अन्य ठूला सहरमा निरन्तर प्रदर्शन भइरहेको छ । उनीहरु बेरोजगारी बढेको, आधारभूत सेवाबाट आमजनता विमुख रहेको तथा सरकारमा भ्रष्टाचार व्यापक बढेको भन्दै प्रदर्शनमा उत्रिएका हुन् । गत शुक्रबार बिहान इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीले प्रदर्शनकारीलाई शान्त रहन र वार्तामा आउन आग्रह गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes