भुटानमा साफ खेल्ने नेपाली अन्डर १५ महिला टिमको बिदाई - Pahilo Online

भुटानमा साफ खेल्ने नेपाली अन्डर १५ महिला टिमको बिदाई

writer

असोज १७

भुटानमा हुने तेस्रो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिप खेल्ने नेपाली टिमको बिदाई गरिएको छ । शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा कमप्लेक्समा एक कार्यक्रमको आयोजना गरेर भुटान जाने ३१ सदस्यीय नेपाली टिमको बिदाई गरिएको हो । एन्फा अध्यक्ष कर्मा्छिरिङ शेर्पा र मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीले नेपाली टिमलाई औपचारिक बिदाई गर्दै शुभकामना दिएका थिए ।

नेपाली टिम असोज २० गते भुटानतर्फ प्रस्थान गर्नेछ ।नेपालले भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले भारतसँग असोज २२ गते खेल्नेछ । यस्तै नेपालले असोज २४ गते बंगलादेश, असोज २६ गते आयोजक भुटानसँग खेल्नेछ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । गत संस्करणमा नेपाल चौंथो भएको थियो ।

भुटान जाने खेलाडीमा सुनकला राई, कुमारी तामाङ, मनिषा राउत, अनु राई, ममता पुन, मनमाया दमाई, निकिता थोकर, सुरक्षा सुखरिया, अमिषा कार्की, पुष्पा गुरुङ, मन्दिरा राई छन् । त्यस्तै, सरा बज्राचार्य, सरु ह्माल, प्रिती राई, पुजा थापा, सावित्री किसन, सबिना चौधरी, सुक्ष्मा घर्तिमगर, अस्मिता रानापाल, मञ्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, देब्या मगर र लिला जोशीले समेत भुटानको यात्रा गर्नेछन् । नेपाली टिमको मुख्य प्रशिक्षकमा राकेश क्षेष्ठ, सहायक प्रशिक्षकमा भगवती थापा र गोलकिपर कोचमा मिनबहादुर बस्नेत छन् । भुटानको थिम्पुमा हुने प्रतियोगिता असोज २२ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes