इराकमा सरकारविरोधी प्रदर्शन चर्किएपछि अनिश्चितकालीन कर्फ्यु जारी - Pahilo Online

इराकमा सरकारविरोधी प्रदर्शन चर्किएपछि अनिश्चितकालीन कर्फ्यु जारी

writer

इराकको राजधानी बग्दादमा सरकारविरोधी प्रदर्शन चर्किएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । देशव्यापी हिंसाका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ भने सयौं घाईते भएका छन् ।

निकै सुरक्षित मानिएको ग्रीन जोनमा गएराति विस्फोट गराइएको छ । ग्रीन जोनमा मन्त्रालयहरु र दूतावासहरु छन् । इराकी प्रधानमन्त्री अदेल अब्देल माहदीले एक वर्ष अघि सत्ता सम्हाले यता बेरोजगारी र भ्रष्टाचार बढेको भन्दै देशव्यापी प्रदर्शन भएका छन् । सरकारी कार्यालयहरु बन्द छन् भने इन्टरनेट सेवा लगभग बन्द गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes