अमेरिकासँग वार्ताको तयार भइरहेको बताएलगत्तै उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपण - Pahilo Online

अमेरिकासँग वार्ताको तयार भइरहेको बताएलगत्तै उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपण

writer

उत्तर कोरियाले आज फेरि अर्को मिसाइल प्रक्षेपण गरेको छ । अमेरिकासँग वार्ताको तयार भइरहेको बताएलगत्तै नवौं पटक उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको हो । उत्तर कोरियाले जापानको दक्षिणपूर्वी कङ्ग्वान प्रान्तको बोनसनबाट पूर्वी समूद्रतर्फ मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरिया र जापानले पुष्टी गरेका छन् । जापानले उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेकाले आफ्ना जहाजहरुलाई त्यसतर्फ नजान आग्रह गरेको बताइएको छ ।

जापानका सरकारी अधिकारीहरुले आफ्नो विशेष आर्थिक क्षेत्रमा केही मिनेटको अन्तरमा दुईवटा मिसाइल प्रक्षेपण गरिएको दावी गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाले नेता किम जोङ उनबीच गत जुन महिनामा भएको भेटवार्तापछि उत्तरले मिसाइल प्रक्षेपण गरेको हो । उत्तरले मिसाइल प्रक्षेपणलाई निरन्तरता दिएपछि फेरि अमेरिकासँगको वार्ता भंग हुने हो कि भनेर अन्य राष्ट्रहरुले चिन्तासमेत व्यक्त गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes