बाढीले बिहारको राजधानी पटनाको ८० प्रतिशत भाग डुबानमा - Pahilo Online

बाढीले बिहारको राजधानी पटनाको ८० प्रतिशत भाग डुबानमा

writer

भारतको बिहार राज्य डुबानको चपेटामा परेको छ । केही दिनदेखिको वर्षाले बिहारका विभिन्न भाग डुबानमा परेको हो । बिहारको राजधानी पटना डुबानले नराम्ररी प्रभावित भएको छ । भारतीय संचारमाध्यमका अनुसार पटनाको ८० प्रतिशत भाग डुबानमा परेको छ ।
पटनाका अधिकांश सडक डुबानमा परेपछि यातायात अवरुद्ध भएको छ । गाडी गुड्ने सडक जलमग्न भएपछि डुंगा सञ्चालन गरिएको छ । डुबानमा फसेकाहरुको उद्धारमा डुंगा प्रयोग गरिएको हो ।

पटनाका ८० प्रतिशत भवनको तल्लो तला डुबानमा छन् । निजी घर, स्कुल, अस्पताल, पसलहरु डुबानमा परेका छन् । विद्युत सेवा अवरुद्ध भएको छ भने खानेपानीको समेत समस्या भएको अधिकारीहरुले जनाएका छन् । पटनामा दुई दिन यता ३०० मिलिमिटर वर्षा भएको छ । अझै दुई दिन वर्षा हुने सम्भावना रहेको त्यहाँको मौसम विज्ञान केन्द्रले जनाएको छ ।

रेल सेवा तथा हवाई सेवासमेत वर्षाले नराम्ररी प्रभावित भएको स्थानीय अधिकारीको भनाइ छ । पटनाकै ठूलो मानिएको नालन्दा मेडिकल कलेज एवं अस्पतालको भुईतल्ला डुबानमा परेको छ । डुबानकै बिरामीहरु उपचारको प्रतीक्षामा बसेका तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes