तेस्रो संस्करणको साफ अन्डर–१८ फुटबल च्याम्पियनसिपको उपाधि भारतलाई - Pahilo Online

तेस्रो संस्करणको साफ अन्डर–१८ फुटबल च्याम्पियनसिपको उपाधि भारतलाई

writer

भारतले तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । आइतबार भएको प्रतिस्पर्धात्मक फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो । योसँगै यू–१८ साफमा भारत नयाँ च्याम्पियन राष्ट्र बनेको छ । यसअघिको दुई संस्करण नेपालले जितेको थियो ।

हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा भारतलाई जित दिलाउन बिक्रम प्रताप सिंह र रबि बहादुर रानाले एक एक गोल गरे । बंगलादेशका एसिन अर्फातीले एक गोल फर्काए । पहिलो हाफमै ३ खेलाडीले रातो कार्ड पाएको खेलमा भारतले दोस्रो मिनेटमा सिंहको गोलबाट अग्रता बनाएको थियो । खेलको २२ औं मिनेटमा भारत र बंगलादेश १० खेलाडीमा समेटियो ।

झगडामा उत्रिएपछि नेपालका रेफ्री कबिन ब्यन्जनकारले २३ औं मिनेटमा भारतका गुर्किरात सिंहलाई सिधै रातो दिए । यस्तै उनले बंगलादेशका मोहमद रिडोयलाई २३ औं मिनेटमै दोस्रो पहेलो कार्ड दिँदै मैदानबाट बाहिर पठाए । खेलको ३९ औं मिनेटमा कप्तान अर्फातीले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काए । तर, उनी गोल गर्न साथ मैदानबाट बाहिरिए । गोल गरेपछि खुसियाली मनाउने क्रममा जर्सी फुकालेपछि दोस्रो पहेलो कार्डसहित रातो कार्ड पाउँदा उनि मैदानबाट बाहिरिएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा भारत राना नायक बने । उनले इन्जुरी समयमा गोल गर्दै भारतलाई २–१ को जितसहित च्याम्पियन बनाए । च्याम्पियनसिपमा माल्दिभ्स तेस्रो भयो । आइतबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा माल्दिभ्सले भुटानलाई १–० ले हराएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes