प्राध्यापक लिम्बूले गरे आफ्नै खर्चमा विद्यार्थीहरुलाई छात्रवृत्ती वितरण - Pahilo Online

प्राध्यापक लिम्बूले गरे आफ्नै खर्चमा विद्यार्थीहरुलाई छात्रवृत्ती वितरण

writer

पहिलो अनलाइन

सुरेश कार्की

मोरङ । बेलवारी क्याम्पसका प्राध्यापक राजकुमार लिम्बुले आपनै खर्चमा विदयार्थीहरुलाइ छात्रबृती वितरण गरेका छन । बिगत १० बर्षदेखि बेलबारी बहुमुखी क्याम्पसमा निशुल्क २ वटा विषय प्राध्यापन गराईरहेका बेलबारीका स्थाइ वासिन्दा लिम्बुले स्नातक तहमा अर्थशास्त्र बिषयमा ५० प्रतिशत भन्दा बढी अंक प्राप्त गर्ने पहिलो र दोस्रो बर्षका बिद्यार्थीहरु लाइ छात्र वृति वितरण गरेका हुन ।उन्ले केही बर्षदेखि आफनै लगानीमा छात्रबृति बितरण गर्दै आएका छन ।

लिम्बुले जेहेन्दार र अध्यायनशिल बिद्यार्थीहरुको उच्च शिक्षाका लागी थोरै भएपनि सहयोग गर्ने गरेको प्रतिक्रिया दिए । आफुले समयमा पढ्न नपाएपनि बिदेशमा गएर गरेको दुःख र शिक्षाको महत्व बुझेपछि आफुले पनि अध्यायन गरेको र अरुलाई पनि अध्यायन गर्न सल्लाह र सहयोग दिने गरेको बताए । क्याम्पस प्रमुख खगेन्द्र लँुईटेलले क्याम्पसले समेत छात्रबृति बितरण गर्न नसकिरहेको अबस्थामा लिम्बुको यो कार्य गर्व गर्न लायक रहेको बताए । यो कार्यले बिद्यार्थीहरुलाई मेहनत गरेर अध्यायन गर्न प्रेरणा मिलेको समेत उनले बताए ।

छात्रबृति प्राप्त गर्नेमा बिबिएस प्रथम बर्षका बिद्या भटराई ५३ प्रतिशत,केदार बाँस्तोला ५१ प्रतिशत, रेखा खडका ५३ प्रतिशत,सौगात बस्नेत ५० प्रतिशत लाई जनही १ हजारका दरले र दोस्रो बर्षमा अध्यायनरत पुजा बस्नेत ७० प्रतिशत लाई ३ हजार,तारादेबी लिम्बु ६६ प्रतिशतलाई २ हजार,छत्र बहादुर कार्की ६५ प्रतिशतलाई २ हजार,सुजन अधिकारी ५७ प्रतिशत,मिरा खत्री ५५ प्रतिशत,आकाश गिरी ५१ प्रतिशतलाई जनही १ हजार र गणेश बयलकोटीलाई ५ सय नगद प्रदान गरेका छन ।
छात्रबृति बितरण कार्यक्रममा बिद्या भटराई,पुजा बस्नेत गणेश बयलकोटी, क्याम्पस प्रमुख खगेन्द्र लुँईटेल लगायतले लिम्बुको यो कामको प्रशंषा गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes