साउदी अरेबियामा रक्षात्मक प्रयोजनका लागि सेना पठाउने अमेरिकाको घोषणा - Pahilo Online

साउदी अरेबियामा रक्षात्मक प्रयोजनका लागि सेना पठाउने अमेरिकाको घोषणा

writer

दुई साताअघि तेल प्रसोधन केन्द्रमा हमला भएपछि अमेरिकाले साउदी अरेबियामा सेना पठाउने घोषणा गरेको छ । रक्षात्मक प्रयोजनका लागि सेना पठाउन लागेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताए । तेल प्रशोधन केन्द्रमा भएको हमलाको इरान समर्थित हुथी विद्रोहीले आक्रमणको जिम्मा लिइसकेका छन् ।

तर अमेरिका र साउदीले आक्रमणमा इरानको संलग्नता रहेको आशंका गर्दै आएका छन् । गत शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रतिवन्ध लगाइएको घोषणा गरेका थिए । अमेरिकी सेनाले साउदी सेनासँग सहकार्य गरेर हवाई तथा मिसाइल सुरक्षा प्रणालीलाई बलियो बनाउने बताइएको छ ।

सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका अबकेक र खुराइसमा रहेका दुई प्रशोधन केन्द्रमा गएको दुई साता अघि १८ वटा ड्रोन तथा सातवटा क्रुज मिसाइल आक्रमण भएको साउदी अरेबियाको रक्षा मन्त्रालयले जनाएको छ । आक्रमणलगत्तैसाउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ । साउदी पठाउने सैनिकको संख्या भने खुलाइएको छैन । (एजेन्सी)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes