भारतको गोदावरी नदीमा ६१ जना सवार डुङ्गा डुब्दा ११ को मृत्यु - Pahilo Online

भारतको गोदावरी नदीमा ६१ जना सवार डुङ्गा डुब्दा ११ को मृत्यु

writer

आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लामा भएको एक डुङ्गा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ । राज्यको प्रकोप व्यवस्थापन विभागले डुबेको डङ्गामा ६१ जना सवार भएको जसमध्ये धेरैजसो पर्यटक भएको जानकारी दिएको छ ।

पूर्वी गोदावरी जिल्लाको देवीपट्टनम मण्डलको कच्चालुरु गाउँमा यो दुर्घटना आइतबार दिउँसो भएको हो । डुङ्गामा सवार ६१ मध्ये ५० पर्यटक थिए बाँकी कर्मचारी थिए । दुर्घटनाका बेला यी मानिसहरु गोदावरी नजिकै पापीकोंडालु पहाडमा घुम्नका लागि जाँदै थिए । डुङ्गामा सवार २० जना सुरक्षा ज्याकेट (लाइफ ज्याकेट) लगाएर स्थानीयको मद्दतमा किनारासम्म पुग्न सफल भए । पूर्वी गोदावरी जिल्लाका पुलिस सुप्रिटेन्डेन्ट नईम हाशमीले अहिलेसम्म तीनजनाको शव भेटिएको जानकारी दिएका छन् । नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को ३०–३० सदस्य भएको दुई समूह राहत र उद्दारकार्यमा जुटेका छन् ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीले प्रभावित परिवारलाई जनही १० लाख भारुको मद्दत दिने घोषणा गरेका छन् । उनले यसबाहेक अधिकारीलाई उद्दार कार्यमा नेवी र ओएनजीसीको हेलिकोप्टरको मद्दत लिनका लागि पनि भनेका छन् । तेलंगानाको वारंगल जिल्लाका एक युवकले उनीसँग गएको १४ जनाको समूहमा ९ जना अहिले पनि हराइरहेको जानकारी दिए । पूर्व मुख्यमन्त्री एन चन्द्रबाबू नायडूले उक्त घटनापछि आफू स्तब्ध भएको र प्रशासनलाई उद्दारकार्यमा तीब्र गती लिन अपिल गरेका छन् । जनसेना पार्टीका प्रमुख पवन कल्याणले आफ्नो पार्टीका कार्यकर्तासँग घटनास्थलमा चाँडै नै पुगेर पीडितको मद्दत गर्न भनेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes