नादेज्दा कपको फाइनलमा नेपाल उज्बेकिस्तानसँग ३–२ ले पराजित - Pahilo Online

नादेज्दा कपको फाइनलमा नेपाल उज्बेकिस्तानसँग ३–२ ले पराजित

writer

नेपाली महिला फुटबल टिम फेरि एक पटक उपाधिबाट बञ्चित भएको छ । किर्गिस्तानमा भएको नादेज्दा कप फुटबलको फाइनलमा नेपाल उज्बेकिस्तानसँग ३–२ गोलले पराजित भयो ।खेलको सुरुवातदेखि नै आक्रामक फुटबल खेलेको उज्बेकिस्तानले आठौं मिनेटमा नेपालको पोस्टमा पहिलो प्रहार गरेको थियो । तर त्यो प्रहारलाई नेपालको डिफेन्सले बचायो । त्यसको केही मिनेटमा उज्वेक टिम फेरि गोल गर्नबाट चुक्यो ।

खेलको ३५ औं मिनेटमा फेरि उज्वेक टिमले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिन पुग्यो । तर ३९ औं मिनेटमा नेपालले गोल खान पुग्यो । नेपालको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै करासिचले डिबक्स भित्रबाट गरेको प्रहार गोलकिपर एञ्जिलाले बचाउन सकिनन् । त्यसको अर्को मिनेटमा उज्बेकिस्तानले फेरि अर्को अवसरको सिर्जना गरेको थियो । तर नेपालको डिफेन्डरले क्लियर गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको उज्वेकिस्तानले दोस्रो हाफमा झन् आक्रामक फुटबल खेल्यो । जसमा ४९ औं मिनेटमा फेरि कारिसीचले गरेको प्रहारलाई नेपालले बल्ल–बल्ल बचायो । त्यसपछि ५१ औं मिनेटमा नेपालकी गोलकिपर अगाडि बढेको फाइदा उठाउँदै उज्वेक टिमले अर्को प्रहार गरे पनि पोस्ट नजिकैबाट बाहिरियो ।

५३ औं मिनेटमा नेपालले गोलको सुन्दर मौका पाएको थियो । तर पोलमा लागेर फर्कियो । ५५ औं मिनेटमा उज्बेकिस्तानले दोस्रो गोल गर्न सफल भयो । उसले नेपालका पाँच खेलाडीको बीचबाट बललाई गोलको दिशा दिन सफल भयो । २ गोलको अग्रता बनाएको उज्वेकिस्तानले ६४ औं मिनेटमा तेस्रो गोल र्गयो । यसपटक पनि नेपालको डिफेन्स र गोलकिपरको कमजोरीको फाइदा उठाउँदै उज्वेक टिमले गोल ग¥यो ।
६७ औं मिनेटमा नेपालले एक गोल फर्काउन सफल भयो । नेपालका लागि सावित्रा भण्डारीले गोल गर्न सफल भइन् । उनले अनिता बस्नेतको पासको सदुपयोग गर्दै गोल अन्तर ३ १ मा र्पुयाइन् । ७२ औं मिनेटमा उज्बेकिस्तानले अर्को अवसर पाएको थियो । डिबक्स भित्रबाट गरेको प्रहारलाई नेपाली गोलकिपर एञ्जिलाले बचाइन् । ७४ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीको प्रहारलाई उज्वेक टिमकी गोलकिपरले रोकिन् ।
७३ औं र ७६ औं मिनेटमा लगातार २ पटक पोस्ट चार्ज गरे पनि दुवै पटक पोलमा लागेर बल किलियर भएको थियो । ९० औं मिनेटमा नेपालले पेनाल्टी पाएको थियो । उज्बेकिस्तानका खेलाडीले डी बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई सावित्राले गोलमा परिणत गरेकी थिइन् । सावित्राको गोलले नेपालको हारको अन्तर ३–२ मा झरेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes