ताजकिस्तानलाई १–० ले हराउँदै नेपाल नादेझ्दा कपको फाइनलमा - Pahilo Online

ताजकिस्तानलाई १–० ले हराउँदै नेपाल नादेझ्दा कपको फाइनलमा

writer

 

नेपाली महिला फुटबल टोली

नेपाली महिला फुटबल टोली किर्गिस्तान जारी नादेझ्दा कपमा ताजकिस्तानलाई मंगलबार १–० ले हराउँदै नेपाल अन्तिम फाइनलमा पुगेको हो । नेपाल ४ राष्ट्र सहभागी नादेझ्दा कपको दोस्रो स्थानमा रहँदै फाइनल पुग्न सफल भएको हो ।

८५ औं सावित्रा भण्डारी सम्बाको गोलमा नेपाल विजयी भएको हो । गिता रानाको फ्रिकिकलाई सम्बाले हेडमार्फत गोल गरेकी थिइन । त्यहि गोल खेलको निर्णायक बन्यो । प्रतियोगितामा सावित्राको यो पाँचौं गोल हो । किर्गिस्तानविरुद्धको पहिलो खेलमा उनले ४ गोल गरेकी थिइन् । अब नेपालले बिहीबार हुने फाइनलमा उज्वेकिस्तानको सामना गर्नेछ । लगातार दुई खेल जित्दै उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ ।

सावित्रा भण्डारी

प्रतियोगिताको पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ ले हराउँदै नेपालले दमदार सुरुवात गरेको थियो । तर नेपाल दोस्रो खेलमा भने उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो ।ताजकिस्तानले प्रतियोगितामा कमजोर सुरुवात गरेको थियो । ताजकिस्तानले पहिलो खेल नतिजा उज्वेकिस्तानलाई १२ –० को नतिजा सुम्पेको थियो । दोस्रो खेलमा ताजिकस्तानले किर्गिस्तानलाई २–१ ले हराएको थियो ।

प्रतियोगितामा उज्वेकिस्तान सबैभन्दा बलियो टोलीका रुपमा रहेको छ । ताजिकस्तानलाई १२–० ले हराएको उज्वेकिस्तानले नेपाललाई २–० ले पराजित गरेको थियो । त्यस्तै आयोजक किर्गिस्तान अरु भन्दा कमजोर देखिएको छ । नेपालसँग ८–२ ले पराजित आयोजक टोलीले ताजिकस्तानसँगको खेल २–१ गुमाएको थियो । राउन्ड रोविन पछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । त्यस्तै बाँकी दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes