विश्वकप फुटबल छनोटमा नेपालको चाइनिज ताइपेईविरुद्ध २–० ऐतिहासिक जित - Pahilo Online

विश्वकप फुटबल छनोटमा नेपालको चाइनिज ताइपेईविरुद्ध २–० ऐतिहासिक जित

आउँदो अक्टोबर १० तारिखमा अस्ट्रेलियासँग खेल्ने

writer

गोल गरेपछि खुशी मनाउदै नेपाली खेलाडी

फिफा विश्वकपअन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले चाइनिज ताइपेईविरुद्ध २–० को ऐतिहासिक जित निकालेको छ । ताइपेईविरुद्ध दोस्रो पटक मैदानमा उत्रिएको नेपालले अञ्जन नायक बन्दा २–० को जित निकाल्यो । प्रशिक्षक योहान कालिनले फुटबल टिम सम्हालेपछि पहिलो जित निकालेका छन् भने नेपालले नौ खेलपछि पहिलो जित निकालेको छ भने एक वर्षमा पहिलो जित हात पारेको छ ।

ताइपेईमा भएको खेलमा नेपालका लागि अञ्जन विष्टले खेलको तेस्रो मिनेटमा नै गोल गर्न सफल भए । ताइपेईको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै नेपालले गोल गर्न सफल भयो । खेलको सुरुवातमा नै गोल खाएको ताइपेइले खेलमा फर्कन निकै दबाब दिएको थियो । २२ औँ मिनेटमा ताइपेईको प्रहारलाई गोलकिपर किरण चेम्जोङले बचाएका थिए ।

त्यसपछि ४१औं मिनेटमा फेरि ताइपेईको सशक्त प्रहारलाई नेपाली गोलकिपर किरणले नै ब्लक गरेका थिए । त्यसपछि ४३ औं मिनेटमा ताइपेईले डिबक्समा अर्को गोलको अवसर सिर्जना गरेको थियो । तर पोष्ट नजिकैबाट बाहिरियो । ४४ औं मिनेटमा नेपालका रवि पासवानको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । काउन्टरमा ताइपेईको प्रयासमा नेपालको डिफेन्सले ब्लक गर्यो । त्यसपछि पाएको कर्नरमा फेरि ताइपेई टिम चुक्न पुग्यो ।

पहिलो हाफमा एक गोलले पछाडि परेको ताइपेई दोस्रो हाफमा झन आक्रामक रुपमा मैदानमा उत्रियो । उसले ५२औं मिनेटमा पाएको मौकालाई पपनि नेपाली डिफेन्स लाइनले क्लियर गर्यो । यसका साथै ५४औं मिनेटमा ताइपेईको फ्रिकिकलाई नेपालको डिफेन्सले नै बचायो । दोस्रो हाफमा एकोहोरो रुपमा पेलेको ताइपेईले बारम्बार नेपालको पोष्टमा धावा बोले पनि डिफेन्स बलियो हुँदा आधा दर्जन प्रहारलाई रोकेको थियो । त्यसमा किरण चेम्जोङले पनि उत्कृष्ट प्रदर्शन गरे । नेपाली टिमको कप्तानी समेत गरिहेका किरणले ताइपेईको प्राय प्रहारलाई असफल बनाएका थिए ।

खेलको ६२ औं मिनेटमा नेपालले दोस्रो गोल गर्यो । नेपालका लागि फेरि पनि अञ्जनले गोल गर्न सफल भए । उनले डिबक्सभित्र अनमार्क रहेको फाइदा उठाउँदै गोल गर्न सफल भए । त्यसपछि ६८ औं मिनेटमा नेपालले फेरि अर्को मौका पाए पनि रवि पासवानले बल कन्ट्रोल गर्न सकेनन् । ७२ औं मिनेटमा ताइपेईले फेरि पाएको गोलको अवसरमा उसका कप्तान असफल बने ।

७६ औं मिनेटमा नेपालको विमलको प्रहारलाई ताइपेईका गोलकिपरले बचाए । दुई गोलको अग्रता बनाएपछि नेपाली टिमले आफ्नो शैली पनि परिवर्तन गरेको थियो । दोस्रो हाफको सुरुवातमा केही डिफेन्सिभ देखिएको नेपालले खेलको पछि केही आक्रामक देखिएको थियो । ८६ औं मिनेटमा नेपालले अर्को आक्रमणको अवसर बनाए पनि विमल असफल भए ।

ताइपेईले बारम्बार प्रहार गरे पनि गोल फर्काउन असफल भयो । ताइपेईको प्रतियोगितामा लगातार दोस्रो हार हो । यसअघि उसले जोर्डनसँग दुई–एकको हार ब्यहोरेको छ । यता नेपाल कुवेतसँग सात–शून्यले पराजित भएको थियो । नेपालले आउँदो अक्टोबर १० तारिखमा अस्ट्रेलियासँग खेल्ने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes