नेपाल दोस्रो खेलमा उज्बेकिस्तानसँग २–० ले पराजित– नादेज्दा कप महिला फुटबल - Pahilo Online

नेपाल दोस्रो खेलमा उज्बेकिस्तानसँग २–० ले पराजित– नादेज्दा कप महिला फुटबल

writer

किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग २–० ले पराजित भएको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवातमा नेपाली टिमले केही दबाब दिएको थियो । पहिलो खेलमा किर्गिस्तानलाई ८–२ पराजित गरेको नेपाल उज्बेकिस्तानविरुद्ध भने केही दबाबमा देखियो ।

सुरुवाति १० मिनेट केहि दबाबमा देखिएको नेपालले त्यसपछि आफ्नो पकड जमाएको थियो । जसमा उसले दुई वटा सुन्दर गोलको अवसरलाई गुमायो । २४ औं मिनेटमा सावित्रा भण्डारीले पाएको मौका खेर फालिन् भने ३१ औ मिनेटमा पनि उनको प्रहारलाई गोलकिपरले बचाइन । तर ३४ औं मिनेटमा उज्बेकिस्तानले खेलमा अग्रता बनायो । उसका लागि काराजितले गोलकिपर आफ्नो पोजिसनमा नभएको र डिफेन्डरबीच तालमेल नमिलेको फाइदा उठाउँदै गोल गरिन् । त्यसपछि ४१औँ मिनेटमा नेपालले फ्रिकिक पाएको थियो । त्यो प्रहार पोस्ट माथिबाट बाहिरियो ।

४५ औं मिनेटमा उज्बेकिस्तानको अर्को प्रहारलाई नेपाली गोलकिपरले बचाइन् । त्यसपछि पहिलो हाफको अन्तिममा फेरि उज्बेकिस्तानको आक्रमणलाई नेपालको डिफेन्स लाइनले बचायो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको उज्बेकिस्तानले ५० औं मिनेटमा दोस्रो गोल र्गयो । यस पटक उसका लागि सफिना रुस्खानीयाले गोल गर्न सफल भइन् । उनले डिबक्स बाहिरबाट गरेको प्रहारलाई नेपाली गोलकिपरले रोक्न सकिनन् ।

५७ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीको फ्रिकिकलाई उज्बेकिस्तानकी गोलकिपरले रोकिन । त्यसपछि ५९ औं मिनेटमा उज्वेक टिमले अर्को सुन्दर मौका पाएको थियो । नेपाली गोलकिपर अगाडि बढेको मौकाको फाइदा उठाउँदै प्रहार गरेको बललाई नेपाली डिफेन्सले मुस्किलले बचायो । ६५ औं मिनेटमा नेपालकी अनिता बस्नेतले पाएको मौकालाई सही ठाउँमा पार्न सकिनन् । त्यसपछि पनि नेपालले खेलमा फर्कन धेरै प्रयास गरेको थियो तर गोल गर्न सकेन । जसका कारण नेपालले दुई–शून्यको हार व्यहोरेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes