एसीसी अन्डर १९ एसिया कपबाट नेपाल बाहिरियो, बंगलादेशसँग ६ विकेटले पराजित - Pahilo Online

एसीसी अन्डर १९ एसिया कपबाट नेपाल बाहिरियो, बंगलादेशसँग ६ विकेटले पराजित

अन्तिम खेल मंगलबार युएईसँग खेल्दै

writer

एसीसी यू–१९ एसिया कपबाट नेपाल बाहिरिएको छ। पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपाल आइतबार भएको दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो । अब नेपालले भोलि(मंगलबार) सान्त्वना जितको खोजिमा यूएईसँग खेल्नेछ ।

नेपाली खेलाडी

नेपालले दिएको २६२ रनको लक्ष्य बंगलादेशले ४९ दशमलत २ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । बंगलादेशलाई जिताउनका लागि कप्तान अकबर अलिले उत्कृष्ट ब्याटिङ गरे । उनले ८२ बलको सामना गर्दै अविजित बंगलादेशलाई जित दिलाए । उनीसँगै समिम हसन ४२ रनमा अविजित रहे । यी दुईले १३० रनको साझेदारी गरे । सुरुमै रसिद खानले तन्जिद हसनलाई एलबीडब्ल्यूको धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि अनिक सरकार सातुलाई कमलसिंह ऐरीले पेभेलियन पठाएर नेपाललाई दोस्रो सफलता दिलाएका थिए ।

१९ रन बनाउँदा २ विकेट गुमाएको बंगलादेशका लागि मोहमदुल हसन जोय र तौहिद हृदोयले ७९ रनको साझेदारी गरेपछि टिम सम्हालिएको थियो । जोय ४० रन बनाउँदै हरिबहादुर चौहानबाट कट एण्ड बोल्ड भएका थिए । हृदोयले ९८ रन बनाए । उनी ६० रन बनाएर कमलसिंह ऐरीको बलमा आउट भएका थिए । नेपालका कमलसिंह ऐरीले २ तथा हरिबहदुर चौहान र रसिद खानले समान १, १ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनाएको थियो । नेपालका लागि पवन शर्राफ र सन्दीप जोराले अर्धशतक प्रहार गरे । शर्राफ ८१ रनमा आउट हुँदा जोरा ५६ रनमा पेभेलियन फर्किएका थिए । यसैगरी नेपालका लागि रित गौतमले ३२ तथा कुशल मल्लले २८ रनको योगदान गरे । त्यसैगरी भीम सार्कीले २१ तथा रोहित पौडेलले १४ रनको योगदान दिए । बंगलादेशका लागि तन्जिम हसन सकिब र शाहिन अलामले समान २, २ विकेट लिए । त्यस्तै मृत्युन्जोय चौधरी, रकिबुल हसन, मिनहजुर रहमान र टोहिड हृदोले समान १,१ विकेट हात पारे थिए।

बङ्गलादेशका खेलाडीहरु

नेपाललाई पराजित गरेसँगै बंगलादेशले समूह ’बी’ बाट सेमिफाइनलमा स्थान पक्का गरेको छ । बंगलादेशले २ खेलमा ४ अंक जोडेको छ । नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । यस समूहबाट श्रीलंकाले पनि सेमिफाइनलमा स्थान बनाएको छ । आइतबार नै भएको खेलमा श्रीलंकाले युएईलाई ५२ रनले हराएको छ । श्रीलंकाले २ खेलबाट ४ अंक जोडेको छ । अब नेपालले अन्तिम खेलमा मंगलबार युएईसँग खेल्नेछ । समूह ’ए’ बाट भने भारत र अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes