यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा - Pahilo Online

यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा

writer

यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको दशैंको टीकाको साइत २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको हो ।

त्यसअघि मंगलबार बिहानै ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको उनले जानकारी दिए । यस्तै, १३ सोमबार नेपाली सेनाको झण्डा फर्ने साइत बिहान १० बजेर २५ मिनेटमा रहेको छ । सेनाले पश्चिम फर्केर झण्डा फेर्दा राम्रो हुने उनको भनाइ छ ।

यसैगरी १६ गते पचली भैरव यात्रा र १८ गते शनिबार फूलपातीको दिन तुलजा भवानी यात्रा बिहान ८ बजेर ५२ मिनेटमा गराउँदा उत्तम हुने गौतमले जानकारी दिए। ८ बजेर ५२ मिनेटमा यात्रा गराइएको तुलजा भवानीको १० बजेर ५ मिनेटमा आशनमा राख्न उपयुक्त हुने उनले बताए। टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा भए पनि टाढा पुग्नुपर्नेले भने छिटै टीका लगाउने गरेको पनि पाइन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes