‘नादेज्दा कप’ महिला फुटबलमा नेपालको विजयी सुरुवात - Pahilo Online

‘नादेज्दा कप’ महिला फुटबलमा नेपालको विजयी सुरुवात

किर्गिस्तानविरुद्ध नेपालको ८–२ को सानदार जीत, सावित्राको ह्याट्रिक सहित ४ गोल

writer

किर्गिस्तानमा जारी ‘नादेज्दा कप’ महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोल अन्तरले हरायो । नेपालका लागि नेपालका लागि सावित्रा भण्डारीले ह्याट्रिक पूरा गर्दा ४ गोल गरिन् । किर्गिस्तानविरुद्ध नेपाली महिला टिमले दोस्रो मिनेटमा नै गोलको मौका पाएको थियो । सावित्रा भण्डारीले गरेको हेडको प्रयास पोस्टमाथिबाट बाहिरियो ।

तर खेलको तेस्रो मिनेटमा सावित्राकै गोलमा नेपालले अग्रता बनायो । किर्गिस्तानको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै सावित्राले गोल गर्न सफल भइन् । १३ औँ मिनेटमा फेरि सावित्राले नै वन भर्सेस वनको मौका पाएकी थिइन् तर उनलाई गोलकिपरले रोक्न सफल भइन् । त्यसको एक मिनेटपछि नेपालले दोस्रो गोल र्गयो । नेपालका लागि फेरि पनि सावित्राले नै गोल गरिन् । उनले गोलकिपर अगाडि बढेको मौकाको फाइदा उठाउँदै गोल गरिन् ।

तर नेपालको अग्रता केहीबेर पनि टिक्न सकेन । किर्गिस्तानले ५ मिनेट भित्रमा दुई गोल फर्काउन सफल भयो । किर्गिस्तानले दुवै गोल नेपालको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै र्गयो । तर २५ औं मिनेटमा नेपालले तेस्रो गोल र्गयो । नेपालका लागि दिपा राईले उत्कृष्ट गोल गर्न सफल भइन् । २९ औं मिनेटमा नेपालले चौँथो गोल र्गयो । नेपालका लागि सावित्रा भण्डारीले डिबक्स भित्रबाट गोल गरिन् । योसँगै उनले व्यक्तिगत ह्याट्रिक पनि पूरा गरिन् । त्यसपछि ३५ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई पाँच दुईको अग्रता दिलाइन् ।

३६ औँ मिनेटमा नेपालले किर्गिस्तानको पोस्टमा छैँटौ गोल र्गयो । नेपालका लागि कप्तान निरु थापाले गोल गरिन् । पहिलो हाफमा ६–२ को अग्रता बनाएको नेपाली महिला टिमले ५४ औं मिनेटमा सातौं गोल थप्यो । नेपालका लागि सावित्राले नै फ्रिकिक मार्फत उत्कृष्ट गोल गरिन् । त्यो उनको व्यक्तिगत चौँथो गोल बन्यो । अन्तिममा अनिता बस्नेतले एक गोल थपेपछि नेपालले ८–२ को जित निकाल्यो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes