नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल च्याम्पियन - Pahilo Online

नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल च्याम्पियन

writer

पोखरा– नेपाल पुलिस क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन भएको छ । पोखराको लामाचौरमा सोमबार होंगान्जी न्यू डायमण्ड एकेडेमीलाई ३–० ले हराउँदै विभागिय टोली पुलिस तीज महोत्सव महिला भलिबलको च्याम्पियन बनेको हो ।

महत्वपूर्ण खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेपछि दुई विभागिय टोली एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा भाग लिएका थिएनन् । अघिल्लो दिन समूह चरणमा हराउनका लागि केहि संघर्ष गरेको पुलिसले फाइनलमा भने सहज जित हासिल गरेको थियो ।

पोखराको लामाचौरमा पुलिसले न्यु डायमण्डलाई २५–१६, २५–१४ र २५–२० को सेटमा हराएको थियो । विजेता पुलिसले उपाधिसहित १ लाख रुपैयाँ र न्यु डायमण्डले ६५ हजार रुपैयाँ प्राप्त गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes