साफ अन्डर १५ फुटबलको फाइनलमा नेपाल पराजित, आयोजक भारत च्याम्पियन - Pahilo Online

साफ अन्डर १५ फुटबलको फाइनलमा नेपाल पराजित, आयोजक भारत च्याम्पियन

writer

मोरङ – साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । शनिबार भएको फाइनल नेपाली टोलीले ७–० को लज्जास्पद हार बेहोरेको छ ।

Nepali U-15 Team

कल्याणी रंगशालामा भारतलाई सानदार जित दिलाउन सिद्धार्थले ह्याट्रिक पुरा गरे । त्यस्तै महोसन सिंह, अमन दिप, शिवाजित सिंह र हिमाशं जाग्राले समान १ गोल गरे । सिद्धार्थले दोस्रो हाफमा २८ मिनेट भित्र ह्याट्रिक पुरा गरे ।

५२ औं मिनेटमा पहिलो गोल गरेका सिद्धार्थले अर्को गोल ७६ औं मिनेटमा गरे । ८० औं मिनेटमा अर्को गोल थप्दै सिद्धार्थले ह्याट्रिक पुरा गरे । महोसनले १५ औं मिनेटमा गोल गर्दैै भारतलाई अघि बढाएका थिए । अमनले ४१ औं मिनेटमा गोल गरे भने पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा शिवाजितले गोल थपे । दोस्रो हाफमा सिद्धार्थ बाहेक हमाशंले ६५ औं मिनेटमा गोल गरे ।

  Indian U-15 Team

भारतसँगै ५–० ले पराजित हुँदै नेपालले च्याम्पियनसिपको सुरुवात गरेको थियो । कमजोर सुरुवात गरेको नेपाली युवा टोली त्यसपछि लयमा फर्केको थियो । श्रीलंका , बंगलादेश र भुटानलाई हराउँदै अन्तिम दुईमा पुगेको थियो । तर टोली फाइनलमा फेरि एकपटक नराम्ररी पराजित भएको छ ।

दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराउँदै विजय लयमा फर्केको नेपालले त्यसपछि बंगलादेशलाई ४–१ र भुटानलाई ६–० ले हराउँदै अन्तिम दुईको यात्रा तय गर्यो । यू १५ मा च्याम्पियन बन्ने तेस्रो मौका नेपालले गुमाएको छ । यसअघि यू १६ को नाममा हुने च्याम्प्यिनसिपमा नेपालल दुई पटक फाइनल पुगेको थियो । सन् २०१३ र २०१७ मा फाइनल खेल्दा नेपाल पराजित भएको थियो । दुवै पटक नेपाल भारतसँग नै पराजित भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes