एभीसी एसियन सेन्ट्रल जोन भलिवलमा किर्गिस्तानसँग घरेलु टोली नेपालको हार - Pahilo Online

एभीसी एसियन सेन्ट्रल जोन भलिवलमा किर्गिस्तानसँग घरेलु टोली नेपालको हार

उज्वेकिस्तानको विजयी सुरुवात

writer

काठमाडौं – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपाल किर्गिस्तानसँग पराजित भएको छ । नेपाली टोली बलियो किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
नेपाली सेनाको कभर्डहलमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल पहिलो सेटमा २५–२३ को सेटमा पराजित भएको थियो । नेपालले खेलमा अग्रता लिएर पनि पराजित हुन पुग्यो ।

दोस्रो र तेस्रो सेटमा कुनै पनि समय अग्रता लिन नसकेको नेपालले किर्गिस्तानलाई कडा टक्कर दिएपनि दोस्रो सेट २५–२२ र तेस्रो सेट पनि २५–२२ ले नै गुमाउन पुग्यो। नेपाल रहेको समूह ‘ए’ मा तीन टोली मात्रै रहेकाले पनि हारपछि पनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहेको छ । त्यसका लागि नेपालले बुधबार माल्दिभ्सलाई पराजित गर्नुपर्ने दवाब छ ।

उज्वेकिस्तानको विजयी सुरुवात

आजै भएको अर्को खेलमा बंगलादेशलाई ३–० को सेटमा पराजित गर्दै उज्वेकिस्तानले विजयी सुरुवात गरेको हो। लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा उज्वेकिस्तानले बंगलादेशलाई २५–१६, २५–१६ र २५–२३ को सेटमा पराजित गर्यो ।

जितसँगै समूह ’बी’ को उज्वेकिस्तानले २ अंक जोडेको छ । बंगलादेशले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । अब उज्वेकिस्तानले दोस्रो खेलमा मंगलबार तुर्कमेनिस्तान र बंगलादेशले अफगानिस्तानको सामना गर्नेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes