माटाका सामग्री वनाउने तालिम सुरु - Pahilo Online

माटाका सामग्री वनाउने तालिम सुरु

writer

पहिलो अनलाइन

 

पथरीशनिश्चरे, १ असार । उत्तरपूर्वी मोरङमा सृजनाका क्षेत्रमा सक्रिय एभरेष्ट आर्ट फ्यूजनले आइतवारबाट माटाका सजावट तथा उपभोग्य सामग्री वनाउने १ महिने तालिम सुरु गरेको छ ।

पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा पथरी सेरामिक उद्योगको समेत सहकार्यमा सञ्चालित ‘सेरामिक ह्विल थ्रोइङ एण्ड ग्लेज एप्लिकेशन ट्रेनिङ’ सुरु भएको हो । जसको एभरेष्ट आर्ट फ्यूजनका पूर्व अध्यक्ष टीकाराम राई र प्रशिक्षक अमर प्रजापतिले माटाका सामग्री निर्माण गरेर उद्घाटन् गर्नुभयो ।

तालिममा नगरका १० वटा वडाबाट एक महिला र एक पुरुषका दरले २० जनालाई सहभागि गराइएको संस्थाका अध्यक्ष षडानन्द सुवेदी निश्चलले वताउनु भयो । फ्यूजनले सेरामिक तालिमलाई व्यवसायिक रुपमा अघि बढाउँदै नगरको वडा नम्वर २ मा पथरी सेरामिक उद्योग नै स्थापना गरेको छ । जहाँ निर्मित सामग्री व्यवसायिक रुपमा विक्री हुन थालेको संस्थापक अध्यक्ष एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी सदस्य सरोजा खड्गीले जनाउनु भयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes