‘शिक्षा विनाको जीवन अधुरो हुन्छ’ मनकुमारी गरुङ - Pahilo Online

‘शिक्षा विनाको जीवन अधुरो हुन्छ’ मनकुमारी गरुङ

writer

पहिलो अनलाइन

मनकुमारी गरुङ (निर्देशक) पर्ल एकेडेमी इंग्लिस स्कुल

दिन चर्या कसरी बिताइरहनु भएको छ ?
नयाँ आउने योजनाहरु बनाइ रहेको छु । अब आउने बच्चाहरुलाई हामीले शिक्षाको लागि भोगेको कष्टहरु उनीहरुले नभोगोस् भनेर आफ्नो लागि भन्दा पनि कसरी पढ्न इच्छुक हुन्छन्, पढ्न जान्ने हुन्छन् त्यसैबारे सोचिरहेको छु । बिहानदेखि बेलुकासम्म स्कुुललाई नै समय दिइरहेको छु ।

वर्तमान शिक्षा नीति समय अनुकुल छ ?
समय अनुकुल त अलिकति छैन, तर पनि हामीले समय अनुसार नै चलाउनु परिरहेको छ । पहिला बच्चाहरुलाई डर, त्रास देखाएर पढाइन्थ्यो । त्यो प्रकृया हटाएका छौं । शिक्षकहरुलाई पनि तालिम दिएका छौं । बच्चाहरुलाई कुन तरिकाले शिक्षा दिने त्यसबारे मैले तालिम लिई यहाँका शिक्षकहरुलाई यसरी जानुपर्छ भनेर जानकारी दिइरहेको छु । अहिले चाही बच्चाहरुले अलिकति मेहनत गरिदिंदैनन् । बच्चाहरुलाई केही काम लगाइदैन । बिहानदेखि बेलुकासम्म स्कुलमा रहन्छन् । अलिकति खाद्यन्नको कमि भनु कि, वातावरणको कमि भनु बच्चाहरु एकदम कमजोर छन् । जसरी पहिलाको बच्चाहरु खट्न सक्थे, अहिलेका बच्चाहरु खट्न सक्दैनन् । विद्यार्थीहरुको ब्याग पनि अभिभावकहरुले स्कुलसम्म बोकेर ल्याइ दिनु पर्ने हुन्छ । त्यसैले बच्चाहरुलाई गेम खेलाएर हुन्छ कि, संगीत कक्षा दिएर हुन्छ कि स्कुलमा पढ्न आवद्ध गराइन्छ । लगभग अभिभावकले बच्चाहरु स्कुललाई नै जिम्मा लगाएका हुन्छन् ।

नेपालको वर्तमान शिक्षा जीवनपयोगी छ ?
शिक्षा विनाको जीवन नै होइन जस्तो लाग्छ । शिक्षा लिएन भने उस्को जीवनमा केही अपुग हुन्छ जस्तो लाग्छ मलाई । त्यसैले सबै कुरा गरेपनि पढाइ नछोडोस् जस्तो लाग्छ । अहिले ९, १० कक्षाका विद्यार्थीमा उत्ताउलो पन आएको हुन्छ । दिउँसो साथीभाइहरुको घरमा गएर १÷२ घण्टा बसे पनि दिनमा केही घण्टा पढ् भन्नु पर्छ । तिमीहरुको लागि नभए पनि हाम्रो लागि पढिदेउ भन्नु पर्छ । हामीले बाबा आमाको लागि भए पनि पढिदेउ भन्नु पर्छ । नतिजा पनि राम्रो नै आइरहेको छ र सन्तुष्ट नै छु ।

तपाइ पर्ल एकेडेमी इंग्लिस स्कुलको निर्देशक, मोरङ प्याव्सनको जिल्ला सदस्य र तमु छोद प्रदेश नं १ को कोषाध्यक्ष हुनुहुन्छ समय कसरी मिलाइ रहनु भएको छ ?
तमु छोदको महिनामा १ चोटी मिटिङ बस्छ । प्याव्सनको पनि महिनामा १ चोटि मिटिङ बस्छ । दुई वटा संस्थामा महिनामा एक चोटी मिटिङ बस्ने भएकोले समय दिन समस्या हुदैन र बाँकी समय स्कुलमै दिने गर्दछु ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
म पर्ल एकेडेमीको निर्देशक भनेर चिनिएको छु । त्यसरी नै म सधै चिनिरहन पाऊँ । श्रीमान् हुनुहुन्न । मेरो श्रीमान्को पाइलासंगै पाइला अगाडि बढाउने काम हो मेरो । म मनु गुरुङ भनेर चिनिदा चिनिदै स्व. डम्मरसिंह गुरुङको श्रीमती हुँ भनेर चिनिन पाऊँ ।

मा प्रकाशित

1 thought on “‘शिक्षा विनाको जीवन अधुरो हुन्छ’ मनकुमारी गरुङ

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes