‘नीतिहरु लागु नगराउने हो भनें शैक्षिक बेरोजगारी बढ्छन्’ - Pahilo Online

‘नीतिहरु लागु नगराउने हो भनें शैक्षिक बेरोजगारी बढ्छन्’

writer

पहिलो अनलाइन

शान्तीदेवी राई (प्रधानाध्यापक) अरुणोदय आवासीय मावि, पथरीशनिश्चरे, मोरङ

 

यस विद्यालयले के कस्ता गतिविधिहरु गरिरहेको छ ?
पहिलो कुरा त पढाउने काम हो । विद्यार्थीहरुको चौतर्फी विकासका लागि पन्ध्र पन्ध्र दिनमा अन्य सांस्कृतिक कार्यक्रम र खेलकुद गराइन्छ । क्यलेन्डर अनुसार पढाइ हुन्छ ।

वर्तमान शिक्षा नीति समय अनुकुल छ ?
समय अनुकुल के भन्नु नेपालको परिवेशमा परिवर्तीत समयमा शिक्षा मात्र होइन अन्य कुराहरु पनि भइरहेको छैन । शिक्षा त झनै भएको छैन । त्यही पनि केहि परिवर्तन ल्याउन खोजिरहहेको छ सरकारले । अहिलेको समयमा भने तुरुन्त शिक्षा दिनु पर्छ भन्छन् । रिजल्टलाई जी.पी.ए ग्रेडसिड भन्छ । नेपालको परिवेशमा त्यो अप्ठ्यारै हुन्छ । नयाँ सिस्टम सञ्चालन भएको छ । शिक्षित बेरोजगारहरु धेरै छन् । अहिले त झन् ४ बर्षे ब्याचलरले त झन् विद्यार्थीहरुलाई पढ्ने कि नपढ्ने दोधारमा पारिरहेको छ । निरन्तर पास गर्नेले त लगभग २३÷२४ बर्षमा पास गर्ला तर पुरक दिएर पास गर्नेहरु २८÷३० बर्ष पुग्छन् । पढ्नलाई उत्साहित बनाएन, बरु निरुत्साहित चाहीं बनायो ।

 

शान्तीदेवी राई (प्रधानाध्यापक) अरुणोदय आवासीय मावि, पथरीशनिश्चरे, मोरङ

वर्तमान शिक्षा जीवन उपयोगी छ ?
खासगरी रोजगारी नै पाउँदैन । त्यसपछि विधान उपयोगी भन्न पनि कसरी मिल्छ ? झन् यो अर्जेन्ट र ओरेन्टेट पोलिशीको कुरा ल्याएको छ । जि.पि.ए को कुरा भनेको इन्टरनेट बेरोजगार भैदियो भने खोजीखोजी दिने रोजगार हुन्छ । तर यहाँ चाहीं रोजगार दिदैन, खाली सिस्टम मात्र भित्र्याउँछन् । अलि अन्तर खालको नीतिहरु अपनाउँदैनन् । अलि अन्तर खालको नीति बनाए पनि लागु हुँदैन ।

शिक्षाको गुणस्तर सुधार्न के गर्नु पर्ला ?
विद्यार्थीहरुले पढिसके पछि राम्रो काम पाए भने जब अवसर पायो भने सरकारले आफसेआफ विद्यार्थीहरुमा प्रतिष्पर्धाको भावना आउछ । उनीहरुलाई रोजगार भइन्छ भन्ने कुरा हुन्छ ।

वैज्ञानिक शिक्षाको चर्चा भईरहेको छ, तर लागु हुन नसक्नुको कारण के होला ?
कार्यन्वयन नहुन नसक्नु भनेको देशको प्रशाशन, सरकार, तल देखि माथि सम्म काम नगर्नु खालि नयाँ पोलिसिहरु मात्र भित्र्याउने लागु नगराउने देशमा प्रबिधिको कमि हरेक कुराको कमि छ जस्तो लाग्छ मलाई ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
जस्तो जे पोलिसी ल्याएको छ, गुणस्तर शिक्षामा त्यो लागु हुनु प¥यो । बनाएर छोडिदिएर मात्र भएन । जति पनि बेरोगार छन्, नेपालमा भत्ता दिने भनेको छ, देशमा उद्योग धन्दाहरुको स्थापना भए राम्रो हुन्थ्यो । सरकारले पनि राम्रो लागु गरिदिए विद्यार्थीले पनि राम्रो पढिदिए राम्रो हुुने थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes