कानेपोखरी गाउँपालिकामा जेठ २५ देखि खेल सप्ताहा - Pahilo Online

कानेपोखरी गाउँपालिकामा जेठ २५ देखि खेल सप्ताहा

writer

पहिलो अनलाइन

 

कानेपोखरी(मोरङ)  । मोरङको कानेपोखरी गाउँपालिकाले जेठ २५ देखि असार १ गते सम्म खेलकुद सप्ताहाको आयोजना गर्ने भएको छ ।
सोमबार गाउँपालिकामा पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराइएको हो । खेलकुद सप्ताहा अन्तरगत अध्यक्ष कप फुटबल, भलिबल, ब्याडमिन्टन, क्रिकेट, बुद्धिचाल(चेस) म्याराथुन र एथलेटिक्स प्रतियोगिता हुने गाउँपालिका स्तरीय खेलकुद समितिका संयोजक भूपाल श्रेष्ठले जानकारी दिए ।
खेलकुद विकास र खेलाडीको पहिचानका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १५ लाख रुपियाँ विनियोजन गरेको थियो । यस्तै अध्यक्ष कप फुटबलका लागि ४ लाख रुपियाँ छुट्याइएको छ । सोही रकमले प्रतियोगिता हुन लागेको हो । गाउँपालिकाका ७ वडाले सबै प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

अध्यक्ष कप कानेपोखरी–७ स्थित जनकल्याण माविको खेल मैदानमा हुनेछ । फुटबल खेलको ब्यवस्थापन स्थानीय मितेरी युवा क्लवले गर्नेछ । यसैगरी भलिबल र क्रिकेट कानेपोखरी–६ को जनसेवा माविको खेलमैदानमा हुनेछ ।
खेल सप्ताहा अन्तरगत महिलाको मैत्रीपूर्ण खेल र रेफ्री प्रशिक्षण समेत हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पत्रकार सम्मेलन गाउँपालिका प्रमुख ताराबहादुर काफ्लेको अध्यक्षतामा भएको थियो ।

फुटवलतर्फका विजेताले ८० हजार प्राप्त गर्नेछन् भने उप–विजेताले ५० हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।
यस्तै भलिवलतर्फ विजेताले ५१ हजार र उप–विजेताले ३१ हजार का साथ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । अन्य प्रतियोगिताको पुरस्कार राशी भने तोक्न बाँकी रहेको आयोजकले जनाएको छ । सो कार्यक्रममा समितिको तर्फबाट संयोजक भूपाल श्रेष्ठले प्रेस विज्ञप्ति वाचन गर्दै खेलकुद कार्यक्रमको बारे प्रष्ट्याएका थिए । कार्यक्रममा कानेपोखरी गाउंपालिकाका प्रमुख तारा बहादुर काफ्ले, स्थानीय समाजसेवी भोला अधिकारी, प्रशासकीय अधिकृत पुरुसोत्तम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनमा कानेपोखरी ५ को बी एण्ड बी कन्ट्रक्सनले प्रतियोगितामा सहभागिता जनाउने वडाहरुको लागि जर्सी हस्तान्तरण गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes