तिमल्सिना समाजद्वारा सूचना संयोजक सम्मानित - Pahilo Online

तिमल्सिना समाजद्वारा सूचना संयोजक सम्मानित

writer

पहिलो अनलाइन

 

सम्मान ग्रहण गर्दै पत्रकार तिम्सिना ।

पथरी । तिमल्सिना समाज नेपाल मोरङले पथरीशनिश्चरे नगरपालिकाका सूचना संयोजक पत्रकार भूपेन्द्र तिम्सिना सहित ९ जनालाई सम्मानित गरेको छ ।

तिमल्सिना समाज नेपाल जिल्ला कार्यसमिति मोरङको दोस्रो चुनावी साधारण सभाका अवसरमा आज बेलबारीको भाउन्नेमा सम्पन्न कार्यक्रममा समाजका संरक्षक कल्याणकुमार तिम्सिनाले पत्रकार तिम्सिना सहितलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गर्नुभएको हो ।
सभामा जिल्ला तदर्थ समिति संयोजक हरिप्रसाद तिम्सिना, महिला अग्रणी विराटनगरकी भारती तिम्सिना, इटहरीका कलाकार विक्रमश्रि तिम्सिना, राजनीति एवम् समाजसेवा क्षेत्रकी बेलबारीकी गीता तिम्सिना, खेलकुद क्षेत्रका विराटनगरका मनिष तिम्सिना समेत सम्मानित हुनु भएको छ ।

त्यस्तै, तिमल्सिना समाजको कार्यालय निःशुल्क उपलब्ध गराउने सुन्दरहरैंचाका खगेन्द्र तिम्सिना, उत्तरपूर्वी मोरङका सामुदायिक विद्यालयहरुमा खानेपानी व्यवस्थापना सघाउने उर्लावारीका लालबहादुर तिम्सिना र सुन्दरहरैंचाका समाजसेवी छत्रपति तिम्सिनालाई पनि सम्मानित गरिएको छ ।
सभाले पुनः सञ्जय तिम्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes