हाइल्याण्ड स्कुलको वार्षिकोत्सव भव्य - Pahilo Online

हाइल्याण्ड स्कुलको वार्षिकोत्सव भव्य

writer

पहिलो अनलाइन

 

पुरस्कार प्रदान गर्दै ६ नं. वडाध्यक्ष जय तामाङ ।

शनिश्चरे । मोरङ्गको पथरीशनिश्चरे ८ मा स्थापित हाईल्याण्ड ईङ्लीस बोडिङ स्कुलले सांस्कृतिक कार्यक्रम र अभिभावक दिवस सम्मन्न गरको छ । आज शुक्रबार महिला दिवशको अवसर पारेर आयोजना गरीएको सांस्कृतिक कार्यक्रम र अभिभावक दिवश आयोजना संगै पुरस्कार वितरण गरी समापन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि दिलिपकुमार राईले निजि विद्यालयहरुको भीडमा हाइल्याण्ड बोर्डिङले फरक पहिचान बनाउन सफल भएको भन्दै प्रसंसा गर्नुभयो । उक्त स्कुलमा अध्ययनरत विद्यार्थीहरु कितावी ज्ञानका साथै अतिरिक्त कृयाकलापमा पनि उत्तिकै अब्बल रहेकोले हाइल्याण्डमा छोराछोरी भर्ना गरेर अभिभावकको लगानी खेर नजाने बताउनु भयो ।
वर्षिक उत्सवमा स्कुलमा अध्यनरत विद्यार्थीहरुले गीत, नृत्य, नाटकगायतका विभिन्न प्रस्तुतीबाट उपस्थीत अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।

सो अवसरमा गत शैक्षिक सत्रमा कक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा अतिथीहरु वाडा न. ६ का वडा अध्यक्ष जय बा. तामांङ, वाडा न.८ का वडा अध्यक्ष बाबुराम दाहाल, नगर स्वास्थ्य संयोजक मुरारी आचार्य लगायतले विद्यार्थीलाई पुरस्कार एवं मेडल वितरण गरेका थिए ।
नर्सरी देखी कक्षा ७ सम्म १२० छत्रछात्रा अध्ययनरत छन् । विद्यालयले गरिव, जेहेन्दार तथा दलित विद्यार्थीहरुलाई छात्रवृत्ती दिदै आइरहेको विद्यालयका प्रधानाध्यापक भबेश बस्नेतले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes