वडा नं. ८ का योजना अन्तिम चरणमा - Pahilo Online

वडा नं. ८ का योजना अन्तिम चरणमा

writer

पहिलो अनलाइन

वडा नं. ८ स्थित केर्खा खोलामा निर्माणाधिन अवस्थाको पुल ।

शनिश्चरे, ५ चैत । पथरीशनिश्चरे नगरपालिकाको वडा नं. ८ वडाको वजेट काार्यान्वयनमा अरु वडालाई उछिन्दै अग्रस्थानमा देखिएको छ । वडा नं. ८ ले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट ९५ प्रतिशत काम सम्पन्न गरि अन्य वडाभन्दा अग्रस्थानमा आएको हो ।
वडाले भौतिक पूर्वाधार, सामाजिक विकास, आर्थिक विकास र लक्षित वर्ग गरी जम्मा ८५ लाख रुपैयाँ वजेट विनियोजन गरेको थियो । जसमा वडा नं. ८ मा पहिलो तथा वडाको सबैभन्दा ठूलो योजनाको रुपमा केर्खा खोलामा पुल निर्माणको काम थालनी भएको थियो । जसको लागि २८ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । पुल निर्माणको काम भइरहेको छ ।

यस्तै, वडा नं. ८ को मिलन आधारभुत विद्यालय पश्चिम बाँसबारी चोक र रायटोल बाटो स्तरोन्नतीको काम भएको छ । जसका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । वडाको बजेटबाट शुक्रबारे बजार दक्षिण मालिमेको घर हुँदै शुक्रबारे बजार जोड्ने बाटो स्तरोन्नती भएको छ । उक्त बाटोको दुवै तर्फ नाली बनाई ग्राभेल गर्ने कार्य भएको छ । बस्ती बसेदेखि अहिलेसम्म कुनै सरकारी बजेट नपरेको बाटोमा यसपाली वडा कार्यालयले मर्मत र ग्राभेल गर्न ५ लाख रुपैयाँ छुट्याएकोमा खुशी व्यक्त गर्छन् उपभोक्ता समिति अध्यक्ष खडानन्द सुनार ।
मंगलबारे बजार र विसविघे ढल तथा बाटो स्तरोन्नतीका लागि वडाले ३ लाख रुपैयाँ छुट्याइ अहिले काम सम्पन्न भइसकेको छ ।

डांसखोलाले क्षती गरेको बारे देखउंदै वडाध्यक्ष बाबुराम दाहाल ।

पथरीशनिश्चरे वडा नं. ८ ले विकास निर्माणका साथै शैक्षिक क्षेत्र सुधारका लागि समेत रकम विनियोजन गरेको छ । जसमा मिलनचोकको मिलन आधारभुत विद्यालयको पठन पाठन व्यवस्थापनका लागि ३ लाख रुपैयाँ विनियोजन गरेको छ । जुन रकमले विद्यालयको छाना चुइने भएकोले त्यसको मर्मत गरी बचेको पैसाले निजी श्रोतका शिक्षक÷शिक्षिकालाई तलब खुवाउने प्र.अ. धलबहादुर मगरले बताए ।
यसैगरी हरेक वर्षात्को बाढीले क्षती व्यहोरिरहेका वडावासीलाई केही राहत होस् भन्ने हेतुले डाँसखोलामा २ वटा स्पोर निर्माण गरेको छ । मंगलबारे बजार पूर्व ३२० मिटर बाटो ग्राभेलका साथै स्तरोन्नती समेत गरेको छ ।

दोहलु शुक्रबारे बजारदेखि दक्षिण सुनार टोलमा बाटो फराकीलो गर्नुका साथै ग्राभेल गरिएको अवस्था ।

यस वडाले सामाजिक विकास तर्फ १० लाख रुपैयाँ छुट्याएकोमा वडाभरीका तीनवटा सामुदायिक विद्यालयमा पठन पाठन व्यवस्थापनका लागि रकम अनुदान सहयोग गरेको छ । जसमा बुद्ध मावि, दुर्गा आधारभुत, मिलन आधारभुत विद्यालयलाई ३ लाखका दरले ९ लाख रुपैयाँ र प्रभात सामुदायिक युवा क्लबलाई १ लाख रुपैयाँ सहयोग गरेको वडाध्यक्ष बाबुराम दाहालले जानकारी दिए ।

यस्तै आर्थिक विकास तर्फ ७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । जसमा सोमबारे बजार र शुक्रबारे बजार व्यवस्थापनका लागि रकम खर्च गरेको हो । वडाले किसानको उत्पादन बढाउन मद्दत पुगोस भनेर सिंचाईमा समेत रकम विनियोजन गरेको छ । यस्तै लक्षित वर्ग तर्फ महिला, बालबालिका, जेष्ठ, आदिवासी जनजाति, दलित, अपांगता भएका व्यक्तिका लागि भनेर ४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes