वन जोगाउनु पर्छ भन्ने मानिसमा चेतनाको अङकुरण हुन थालेको छ - Pahilo Online

वन जोगाउनु पर्छ भन्ने मानिसमा चेतनाको अङकुरण हुन थालेको छ

writer

पहिलो अनलाइन

तारणीप्रसाद चौधरी (प्रमुख) सव डिभिजन वन कार्यालय मंगलबारे, मोरङ

दिनचर्या कसरी बिताइरहनु भएको छ ?
विशेषगरी दिनहरु भनेका वनसम्बन्धी कामहरु गरेर नै बितिरहेका छन् । त्यस्तै अन्य इलाका वनहरुको पनि अनुगमन जस्तो कामहरु भने भइरहेको नै छ ।

साविक सेक्टर वन कार्यालयमा कहिलेबाट आबद्घ हुनुहुन्छ ?
मैले यस सेक्टर वन कार्यालयमा २०४६ सालबाट प्रवेश गरेको थिए । त्यस्तै मेरो यस कामको विषयमा कुरा गर्दा चाहिँ सर्वप्रथम वनमा नियुक्ति भनेको सुर्खेतमा भएको थियो । यसरी नै जाजरकोटमा पनि मैले आप्mनो कामलाई निरन्तरता दिएको थिए । मैले यस क्षेत्रमा काम गर्न थालेको पनि अहिले करिब २९ वर्ष भइसकेको छ । यस क्षेत्रलाई अङ्गालेर काम गरेको लामो समय पनि भइसकेको छ ।

साविक सेक्टर वनअन्तर्गत कुनकुन सामुदायिक वन समेटिन्छन् ?
यस सेक्टर वनमा पर्ने वनहरुमध्ये ५ इलाकाहरु रहेका छन् । जसमा पथरी, धानखती, जरायोडोल, जाते र मधुमल्ला पर्दछन् । त्यस्तै यसअन्तर्गत ३५ वटा सामुदायिक वनहरु पनि पर्छन् । यसमा पनि केहि सामुदायिक वनहरु जुन पुरानो परम्परागत किसिमले संरक्षण, संवर्धन र सदुपयोग गर्दै आइरहेको पनि छन् । पथरी इलाका वनका केहि ३ सामुदायिक वनहरुमा वैज्ञानिक वन व्यवस्थापनको अवधारणामा आधारित रहेर संरक्षण, संवर्धन र सदुपयोग भएका छन् । जातेमा पनि ३ इलाका वनहरु रहेका छन्, जहाँ पनि वैज्ञानिक वन व्यवस्थापनको अवधारणा लागु भएको छ ।

साविक सेक्टर वन कार्यालयका के कस्ता काम र जिम्मेवारी रहेका छन् ?
सेक्टर वन कार्यालयको मुख्य काम भनेको नै अन्य वनहरुको अनुगमन गर्नु हो । हामीले अनुगमन गर्ने इलाकाको सङ्ख्या भने ५ रहेका छन् । उक्त इलाकामा रहेका वनहरुको अनुगमनको जिम्मेवारी हामीमा रहेको हुन्छ । यदि हामीबाट काम गर्ने क्रममा कुनै कारणले गर्दा समाधान हुन नसकेमा उक्त काम सम्पन्न गर्नका लागि सम्बन्धित डिभिजन वन कार्यालयमा जानकारी दिन्छौं । यसरी समाधानको बाटो खोज्छौं । यस्ता काम अनि जिम्मेवारी हामीमा रहेका हुन्छन् ।

कार्यालयमा कस्ता किसिमका समस्या आउने गरेका छन् ?
इलाका वन कार्यालयहरुमा त्यति समस्या भने देखिदैन । अहिले भनेको सामुदायिक वनहरु न छन् । यस क्षेत्रमा खासै समस्या छैन । अहिले भनेको देशको संरचना परिवर्तन भएको अवस्था छ र आप्mनो अधिकारको बाडफाड गर्ने र स्थानीय, प्रदेश र केन्द्र स्तरको निकाय बनेको छ । यहि समयमा मुख्य समस्याको रुपमा रहेको विषय भनेको चाहिँ स्थानीय स्तरमा आप्mनो क्षेत्रमा रहेका खोलानालाबाट गिटीबालुवा झिक्ने प्रवृत्ति बढिरहेको अवस्था छ । जसले गर्दा समस्या पैदा गरेको छ । आप्mनो क्षेत्रमा टेण्डर लगाउने जस्तो कुराले समस्या सिर्जना गरेको छ ।

ती समस्या कसरी समाधान गर्ने योजना छ ?
त्यसका लागि हामी योजनाको निर्माण गर्ने तयारीमा छौं । यसको लागि हामी वनका प्रतिनिधिहरु, कर्मचारी, स्थानीय निकायका जनप्रतिनिधिहरु र अन्य नागरिक समाजका मानिसहरुलाई गरि सबै बसेर यस समस्या बरेमा कुने बैठक, गोष्ठीको माध्यमबाट निराकरण गर्ने उपायहरुको खोजी गर्ने र यसबाट समस्या समाधान गर्ने जमर्को लिएका छौं ।

भविष्यमा वैज्ञानिक वन व्यवस्थापनबाट कस्तो असर देख्नुभएको छ र यसका कस्ता योजना बन्ने सोच रहेको छ ?
वैज्ञानिक वन व्यवस्थापनको अवधारणा अपनाएर वनजङ्गल मासिएको छैन । यसबाट भनेको वनलाई नै फाइदाको विषय छ । पहिले देखिदा आम नागरिकमा जनचेतनाको अभाव अवश्य नै रहेको हो । अहिले त्यो अवस्था भने छैन । मानिसमा अलि चेतनाको अङकुरण हुन थालिसकेको छ । अहिले हामीसँग रहेका सम्पूर्ण सामुदायिक वन, साझेदारी वन लगायत अन्य थुप्रै वनहरु नेपाल सरकारको हो । वर्तमान अवस्थामा सामुदायिक वनहरुले धेरै राम्रा कामहरु गरेका छन् । वनबाट आउने गरेका वनपैदावरहरुलाई न्यायोचित तरिकाबाट उपभोक्ताहरुमा बिक्रीवितरण गरिएको अवस्था छ । त्यस्तै यसबाट आउने गरेका आम्दानीहरुमा पनि सामुदायिक वनहरुको निर्देशिका वन ऐनअनुसार २५ प्रतिशत आम्दानीलाई चाहिँ अनिवार्य रुपमा वनको विकासमा खर्च गरिने अवस्था हुन्छ । त्यस्तै गाउँका गरिब, विपन्न र अन्य आर्थिक रुपमा कमजोर रहेका जनताहरुमा आर्थिक आम्दानी गराउने उद्देश्य र आर्थिक स्तर वृद्धि गराउने हेतुले २५ प्रतिशत वनको आम्दानी गरिने छ । त्यसमा अन्य प्रकारका पशुपालन, सिलाइ बुनाइ जस्ता सिप प्रदान गर्ने र गरिबी न्यूनिकरणमा सहयोग पुग्ने गरिका तालिम तथा कार्यक्रम सञ्चालन गरिने योजनाहरु रहेका छन् । त्यस्तै वनबाट विभिन्न कार्यक्रमहरु गरिने छन् ।

वन पातलिंदा भविष्यमा समस्या निम्तिएला नी ?
अवश्य पनि यस्तो अवस्था हुने छैन । किनभने वैज्ञानिक वन व्यवस्थापनको अवधारणअन्तर्गत रहेर वनबाली लगाउदा वन राम्रा गरि आउने हुन्छ । अहिलेको अवस्थामा वनजङ्गलको अवस्था हेदा एकदमै नराम्रो अवस्था रहेका छन् । बाहिरबाट हेर्दा हरिया देखिएतापनि वनभित्र गई भित्री परिवेशको अवलोकन गर्दा वनमा रुखहरु राम्रा छैनन् र भएका रुखहरुमा पनि केहि ठुला अनि गुणस्तहीन रहेका छन् । रुखहरु राम्रोसँग उब्जनका लागि भनेको घाम, पानी र खाद्य तत्त्वहरुको खाचो पर्छ । तर अहिलेको अवस्थामा भने झारपातहरु र अन्य बोटविरुवाहरुले बाधा पु¥याइरहेको अवस्था छ । जसले गर्दा नै वनका बिचबिचमा बुढा, धोद्रा, मरेका र ढलेका रुखहरु थुप्रै रहेका छन् । यसरी ती रुखहरुलाई हटाएमा मात्रै उक्त स्थानबाट पुन नयाँ गुणस्तरीय रुखहरुको उत्पादन हुने वातावरण पैदा हुन्छ । यी यस्ता कुरा गर्दा भोलिका दिनहरुमा वन मासिने सम्भावना देख्दिन ।

वनहरुमा हुने गरेका रकम अनियमितताको अन्त्य कहिले होला ?
सबै वनहरुमा अनियमितताको कुरा आउँछ भन्ने छैन । यस विषयमा मध्यनजर गर्दा केहि वनहरुले निकै राम्रा कामहरु पनि गरेका छन् र केहि वनहरुमा भने अनियमितताको कुरा उठ्ने र बिग्रिएका कुरा पनि सुन्न र देख्नमा आएको छ । त्यस्तै यो कुरा सत्य पनि हो । हामीले सकेसम्म चाहिँ नियमकानुनको दायरामा ल्याएर त्यस्ता मानिसहरुलाई कारबाहीमा ल्याएका छौं । यो वनहरुमा आउने र सुन्ने गरेको रकम अनियमितताको कुरा अवश्य पनि अन्त्य हुने छ । यस विषयलाई लिएर जनतादेखि लिएर वनका उपभोक्ताहरु, नागरिक समाज, जनप्रतिनिधिहरु र सामुदायिक वन उपभोक्ता महासंघले सबै उपभोक्ता र जनताहरुलाई सचेत गराउनु पर्छ । त्यस्तै उहाँहरुमा यी वनहरु भनेको हाम्रो हो र यसको गलत प्रयोग गर्नु हुँदैन र संरक्षणका कार्यहरु गर्नुपर्छ भन्ने कुराको ज्ञान सबैमा आउनुपर्छ । त्यस्तै यसरी वन जोगाउने कार्यबाट नै फाइदा हुने र सबै सामुदायिक रुपमा नै प्रयोग हुने हुन्छ । यसरी रकम अनियमितताको निराकरण अवश्य हुन्छ ।

अन्त्यमा केहि भन्नुहुन्छ ?
वास्तवमा वन नवीकरणीय स्रोत हो । यसको व्यवस्थापन अति आवश्यक छ । वनलाई वैज्ञानिक वन व्यवस्थापनमा व्यवस्थित गर्नुपर्छ । यसबाट नै काठदाउरा उपलब्ध हन्छ । त्यस्तै देशको जीडीपी वृद्धि गराउनमा पनि टेवा पुग्छ । यसबाट रोजगारी पनि व्यवस्थापन भएको छ । अहिले २०७० दखि २०८० सम्मका लागि वन दशक कार्यक्रमको सुरु गरेको करिब ४ वर्ष भएको छ । जसमा वनबाट टाढा रहेका उपभोक्ताहरुलाई आप्mनो निजी, सार्वजनिक जग्गा र नदी क्षेत्र जस्ता स्थानहरुमा वृक्षरोपण गरेर हराभरा बनाउने कार्यक्रमको थालनी गरेका छौं । यसका लागि आवश्यक बिरुवाहरु सेक्टर वन नर्सरीबाट निशुल्क प्रदान गरेका छौं ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes