काबेली अस्पताल नेपाल सरकारबाट मान्यता प्राप्त १५ बेडको अस्पताल हो - Pahilo Online

काबेली अस्पताल नेपाल सरकारबाट मान्यता प्राप्त १५ बेडको अस्पताल हो

writer

पहिलो अनलाइन

 

सन्तोष ढुंगेल (सञ्चालक) कावेली हस्पिटल प्रा.लि., पथरीशनिश्चरे–१ मोरङ

दिनचर्या कसरी बिताइरहनु भएको छ ?
अहिले सम्म चाहिँ अस्पतालको व्यवस्थापन र यसका हरेक अङ्गहरुलाई सञ्चालन सम्बन्धि कुरामा व्यस्त नै छु । त्यस्तै यसबाट व्यवस्थापनको पाटोलाई चुस्त र दुरुस्त बनाउनमा सफल अनि सक्ष्म तरिकाबाट समयलाई प्रयोग गरिरहेको अवस्था छ । प्रायः समय अस्पतालका गतिविधिमा नै बित्ने गरेको छ ।

काबेली अस्पताल कहिलेबाट सञ्चालनमा आएको हो ?
यस अस्पतालको स्थापना भनेको २०७३ सालबाट भएको हो र म यस अस्पतालमा सञ्चालकको रुपमा काम गर्दै आएको करिब ३ महिना भएको छ । त्यस्तै यस ठाउँमा एउटा रिसर्च गर्दा जनताहरु समक्ष नयाँ सेवासुविधा दिनु पर्ने र जनतालाई स्वास्थ्य सम्बन्धि सेवा प्रदान गर्ने उद्देश्यका साथ अस्पतालको सञ्चालन भएको हो । त्यस्तै जनतालाई राम्रो स्वास्थ्य सेवासुविधा दिने र मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने भनाइबाट पनि प्रभावित भएकाले र केहि लिन केहि दिनुपर्छ भन्ने सोचका साथ, यस अस्पतालमा जनताहरु माझ वाल रोग विशेषज्ञ र अन्य सेवासुविधा सुचारु गरेका छौँ ।

अस्पतालमा कस्ता किसिमका सेवासुविधाहरु ल्याइएका छन् ?
काबेली अस्पताल नेपाल सरकारबाट मान्यता प्राप्त १५ बेडको अस्पताल हो । यस अस्पतालको डकुमेन्ट अप टु डेट छन् । यहाँ २४ घण्टा ओपीडी, पीडी, इसीजी, ल्याब, फार्मेसी, डिजिटल एक्सरे, भिडियो एक्सरे, माइनर अपरेशन, इमरजेन्सी जस्ता विभिन्न सेवाहरु रहेको कुरा जानकारी गराउन चाहन्छु । त्यस्तै अन्यमा शिशु तथा बाल रोग विशेषज्ञ हप्तामा ६ दिन रहने छन् अनि वरिष्ठ सर्जन र स्त्री तथा प्रसुती विशेषज्ञको पनि सेवा रहेको कुरा अवगत गराउन चाहन्छु ।

भविष्यमा कस्ता किसिमका सेवाहरु प्रदान गर्ने योजनाका साथ अघि बढ्नु भएको छ ?
अहिले भनेको हाम्रो इनिसियल फेज हो । त्यसैले पनि बालबच्चाको फ्याकल्टिलाई सुरुवाती कालमा राम्रोसँग स्थापित गरेपश्चात् बाल विशेषज्ञका साथै अन्य सेवाहरुलाई पनि चाडै सुचारु गर्ने सोचका साथ अघि बढिरहेका छौँ ।

अस्पतालले विभिन्न विद्यालयहरुमा सेवासुविधा दिइरहेको कुरा सुन्नमा आएको छ, कस्ता सेवाहरु दिनुभएको छ ?
हाम्रो अस्पतालले विद्यालयभन्दा पनि साना नानीहरुलाई फोकस गरेर मन्टेश्वरीहरुमा विभिन्न किसिमका अन्र्तक्रिया कार्यक्रम जसमा प्रत्यक्ष रुपमा अभिभावक र डाक्टर बिचमा बालबच्चाहरुलाई हुन सक्ने समस्या र समाधानका बारेमा कुराकानी जस्ता विषयलाई समेटेका थियौ । यस कार्यमा हामीले फ्यासिलिटेट गरेका पनि छौँ । त्यस्तै एन्टिबायोटिक के हो र यसका दुर्गामी असर बारे पनि जानकारी गराइन्छ । उक्त कार्यक्रममार्फत् अभिभावकलाई नानीहरुसँग सम्बन्धित धेरैजसो समस्या घरमै पनि समाधान गर्न सकिने कुरा बारे जानकारी हुने छ । हामीले यस्ता कार्यक्रम पथरीका विभिन्न मन्टेश्वरीहरुमा जस्तै क्याप्रोज, सिड्लिङ, ज्ञानकुञ्ज आदिमा गरिसकेका छौँ र आगामी दिनहरुमा अभैm गरिने छन् । हाम्रो यस अस्पतालले विद्यालयको माध्यमबाट अभिभावकसामु बाल स्वास्थ्यलाई प्रभावकारी ढ्ङगले घरमै पनि उपचार गर्न सकिने जस्ता केहि ज्ञानहरुको जानकारी पु¥याउने अभियानका साथ लागि परेको हो ।

विद्यालय बाहेक अन्य कस्ता क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने विचार रहेको छ ?
अन्य क्षेत्रमा भन्नु पर्दा ग्रामीण क्षेत्रलाई प्राथमिकता दिएर बालबच्चा अनि अभिभावकको अपस्थितिमा जनचेतनाको रुपमा कार्यक्रम सफल बनाउने विचार रहेको छ । त्यस्तै यो कार्यक्रमको समापन पछि भनेको अन्य क्षेत्रहरु जस्तै समाजका अन्य अङ्गहरु जसमा संघसंस्था र गाउँटोलहरु पनि समावेश गरिने योजनामा रहेका छौँ ।

महिला तथा जेष्ठका समस्या समाधान सम्बन्धि कस्ता किसिमका योजनाहरु रहेका छन् ?
यस विषयमा कुरा गर्दा पहिलो प्राथमिकता पहिलो चरणमा पूर्ण रुपमा बालबालिका सम्बन्धि अभियानलाई सफल पार्नु रहेको छ । त्यस्तै यस अभियानको सफलता पछि गाउँमा गएर सबै समस्याहरुको समाधानका लागि प्रत्यक्ष सेवा उपलब्ध गराउने अभियानमा छौँ । पछिल्लो योजनालाई सम्पन्न गर्न भने केहि समय अझै लाग्ने नै छ ।

ग्रामिण क्षेत्रमा अस्पताल सञ्चालन गर्नुभएको छ, कस्तो सेवासुविधा दिइरहेको अवस्था छ ?
अहिलेसम्म यस अस्पतालबाट सुगर जाँच गर्नेलाई शनिबारको दिन चाहिँ विशेष छुटका साथ २० रुपैयामा नै जचाइने सेवा प्रदान गरिरहेको अवस्था छ । यो हाम्रो अस्पतालको नयाँ विशेषता र कार्यक्रमको रुपमा स्थापित भएको निकै समय भइसकेको छ । त्यस्तै यो कार्यक्रम अझै केहि समयसम्म लागु हुने नै भन्ने कुरा नगरवासी समक्ष पनि जानकारी अवगत गराउँछु ।

अस्पतालको व्यवस्थापनमा कस्ता चुनौतीहरु आउने गरेका छन् ?
खासमा भन्नु पर्दा व्यवस्थापन भनेको एउटा चुनौतीपूर्ण पाटो हो र यसलाई चुनौती र अवसरको रुपमा सहि तरिकाले लाग्दै जानु पर्ने हुन्छ । व्यवस्थापनको क्रममा तल्लोदेखि माथिल्लो स्तरको कर्मचारी लगायत अन्य अङ्गहरुलाई पनि समयको सहि सदुपयोग गर्दै बिस्तारै र व्यवस्थापनको सम्पूर्ण पाटोलाई सबल बनाउदै लाने प्रयत्न गरेको छु । मैले अस्पताल व्यवस्थापन सम्बन्धी पाएको फिडब्याकअनुसार केहि परिवर्तन आएका छन् र पाएका पनि छु । चाडै नै अन्य नयाँ सेवासुविधाहरु मानिसहरु माझ पस्कने जमर्को गरेको छु ।

अस्पतालमा कतिको सङ्ख्यामा कर्मचारीहरु रहेका छन् ?
अहिलेसम्म अस्पतालमा जम्मा १४ जनाको एउटा टिम रहेको छ । मेरो विचारमा व्यवस्थापन एउटा टिम वर्क हो र यसै आफूलाई विश्वस्त बनाएको छु । हामीले हाम्रो टिमलाई एउटै लक्ष्यका साथ पारिवारिक वातावरणमा अघि बढ्ने कुरालाई लिएर डाक्टरदेखि स्वीपरसम्मको सरसल्लाहलाई मध्यनजर गर्दै लागि परेका छौँ ।

अस्पताल सञ्चालनको प्रक्रियामा आर्थिक पाटोले कत्तिको प्रभाव पार्छ ?
अवश्य पनि अस्पताल एउटा निकै नै ठुलो आर्थिक कारोबार हुने संस्था हो । जसमा कहिले आम्दानी त कहिले नोक्सान झेल्न नै पर्छ । यस संस्थाले आर्थिक पाटोलाई निकै नै प्रभाव पारेको हुन्छ ।

मा प्रकाशित

1 thought on “काबेली अस्पताल नेपाल सरकारबाट मान्यता प्राप्त १५ बेडको अस्पताल हो

  1. पथरी FM र Online हस्पिटल संचालक संतोष जी लाई धन्यवाद ज्ञापन गर्दछु

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes