तल्लो कक्षाहरुमा विद्यार्थीको सङ्ख्या घट्नुको मुख्य कारण वरपर प्रशस्त निजी विद्यालय रहनु र जन्मदर घट्नु पनि छन्  - Pahilo Online

तल्लो कक्षाहरुमा विद्यार्थीको सङ्ख्या घट्नुको मुख्य कारण वरपर प्रशस्त निजी विद्यालय रहनु र जन्मदर घट्नु पनि छन् 

writer

पहिलो अनलाइन

 

दामोदर सिग्देल (प्र.अ.) जनसेवा मावि, रमाइलो, कानेपोखरी–६ मोरङ

 

दिनचर्या कसरी बिताइरहनु भएको छ ?
प्रधानाध्यापकको हैसियतले २४सै घण्टा जिम्मेवारीका साथ हरेक काममा व्यस्त नै रहिन्छ । जसमा समाजको बनोट र त्यस्तै किसिमका आश अनि अपेक्षाले पनि प्रभाव पारेको छ । प्रायः बिहान उठेबाट नै आफूलाई विभिन्न जिल्ला स्तरका कार्यक्रम लगायत अन्य कार्यक्रममा सहभागी हुन लागि परेको अवस्था छ । अहिले म शिक्षक महासंघ मोरङको अध्यक्ष भएको नाताले पनि केहि विभिन्न विद्यालयहरुका समस्याको अध्ययन र तिनका समाधानका विषयमा सहयोग पु¥याउनु पर्ने जस्ता दायित्वले गर्दा पनि बिदाका समयलाई व्यस्त नै बनाउनु पर्ने बाध्यता रहेको छ । अहिले धेरै समय शैक्षिक क्षेत्रमा नै बितिरहेको छ ।

तपाई जनसेवा माविमा कहिलेबाट प्रधानाध्यापकको रुपमा आबद्ध हुनु भएको हो ?
म शिक्षण पेसामा आबद्ध रहेको २०४१ साल पौष १७ गतेबाट हो र प्राधानाध्यापकको रुपमा जिम्मेवारी वहन गर्दै आएको २०६८ सालबाट हो । मैले शिक्षण पेसामा २७ वर्ष बिताएको छु जसमा करिब ८ वर्ष प्राधानाध्यापकको रुपमा काम गर्दै आएको छु । मसँग यतिका धेरै समयको अनुभव यसै विद्यालयबाट प्राप्त भएको छ ।

यस विद्यालयको स्थापना कहिले भएको हो ?
यस विद्यालयको तथ्याङ्को अभिलेखअनुसार २०२५ सालमा विद्यालयको स्थापना भई सञ्चालनमा आएको हो । यस विद्यालयमा करिब १ हजार ३०० विद्यार्थीहरु अध्यनरत छन् । जसमा कक्षा दससम्म जम्मा १ हजार विद्यार्थी र एघार अनि बाह्र कक्षामा जम्मा ३ सय विद्यार्थी रहेका छन् । हाम्रो विद्यालय प्राविधिक विद्यालय पनि हो जसमा बाली विज्ञान सम्बन्धी कृषि विषय अध्यापन गराइन्छ । यो ४ वर्षे कार्यक्रम हो जसमा कक्षा ९ देखि १२ सम्ममा कोर्ष सम्पन्न गराइन्छ । यसमा कोटाको पनि व्यवस्था रहने गरेको हुन्छ ।

सरकारी विद्यालयहरु खस्कदो स्थितिमा पुगेको सुन्न पाइन्छ, तपाई शिक्षक महासंघ जिल्ला अध्यक्ष पनि हुनुहुन्छ, यस विषयमा केही बताइदिनुहोस् न ?
यो विषय जल्दोबल्दो रुपमा आएको विषय मान्न सकिन्छ र सबै सरकारी विद्यालयमा उस्तै खस्काइ भने हुदैन । यस विद्यालयको विद्यार्थी भार क्षमता करिब २२ जनासम्मको हो । अहिलेको परिवेशमा तल्लो कक्षाहरुमा विद्यार्थी सङ्ख्या निकै कम रहेको र माथिल्लो कक्षामा चाहिँ ज्यादै नै रहेको अवस्था छ । तल्लो कक्षाहरुमा विद्यार्थीको सङ्ख्या घट्नु पछिको मुख्य कारणहरु मध्ये वरपर प्रशस्त निजी विद्यालय रहनु र जन्मदर घट्नु पनि छन् । अहिले सरकारी विद्यालयहरु पनि कक्षा ५ सम्मलाई अङ्ग्रजी माध्यममा अध्यापन गराइन्छ । जसले गर्दा विद्यार्थी सङ्ख्या केहि आश लाग्दो ने रहेको छ । अहिलेको संसार साँघुरो भएको छ । अहिले विदेश जान पनि अङ्ग्रजी भाषा एकदमै महत्त्वपूर्ण भइसकेको छ । त्यस्तै व्यावसायिक हिसाबले बाच्न पनि अङ्ग्रजी भाषा आवश्यक मानिन थालिएको छ । तर केहि परिवर्तन भने आएको छ । जसमा अङ्ग्रेजी भाषा जानेर मात्र नभई चौतर्फी विकासमा समेत सामुदायिक विद्यालय आवश्यक पर्ने कुरा आउन थालेको अवस्था छ । सरकारी विद्यालयमा केहि कमीकमजोरी भने रहेका पनि छन् । जस्तै निशुल्क शिक्षा प्रदान, अभिभावकलाई विद्यालयप्रति आकर्षणमा असफल आदि कुराहरु आउँछन् । अभिभावकमा लगानी नभएको ठाउँमा के प्रतिफलको आश गर्नु भन्ने नराम्रो छाप रहेकाले पनि महङ्गो लगानीमा संस्थागत विद्यालयप्रति आकर्षित छन् । यस विषयको समस्याको भागेदार शिक्षक, समुदाय र राज्य पनि रहेकाले देशभरमै नीतिगत कानुनी सुधारको व्यवस्था सम्भव गराउन आवश्यक छ । समस्याले ठाउँ लिनुमा नीति निययको फितलोपना हुनु हो ।

सामुदायिक विद्यालयमा व्यवस्थापन पक्ष फितलो भएको छ, किन यस्तो भएको ?
यस विषयमा कुराकानी गर्नु पर्दा सामुदायिक विद्यालयप्रति अभिभावकको लगानी कमै हुन्छ र प्रतिफलको आशा हुदैन । तर यही विषयलाई एउटा निजी विद्यालयको कुरा गर्दा त्यहाँ पढिएका बालबालिका र अभिभावक बिचको सम्बन्ध अन्योन्याश्रित रुपमा रहन्छ । तर सरकारी विद्यालय पढाउने बालबालिकाको अभिभावकलाई विद्यालय कहाँ रहेको छ भन्ने कुरा समेतको अज्ञात हुन्छन् । यही आएर अभिभावकमा चेतनाको कमी देखापर्छ । शिक्षित अभिाभावकले आफ्ना बालबच्चालाई भविष्यमा केहि बनुन् वा स्वरोजगार, आत्मनिर्भर बनाउने हिसाबले अलि बढी लगानी र चासो गरी पढाइलाई प्राथमिकता दिएर पढाउने गर्दछन् । तर केहि यस्ता अभिभावक पनि छन्, उहाँहरु अरुको देखासिकी गरेर पनि आफ्ना बालबच्चालाई पढाउन पठाउने गर्दछन् । त्यसैले व्यवस्थापन पक्ष सस्तो, निशुल्क भएमा र सचेत नभएको अवस्थामा कमीकमजोरी हुने नै भए ।

सामुदायिक विद्यालयमा शिक्षामा राजनीतिकरण भएको र यसले गर्दा पढाइको गुणस्तर खस्केको भन्ने छ नी ? यो सा“चो हो ?
म यी सबै आरोपलाई स्वीकार्य मान्दिनँ । त्यस्तै राजनीतिकरण चाहिँ हुदैन पनि कदापि भन्दिनँ । त्यस्तै यो प्रश्न चाही पेसाकर्मी भन्दा राजनीतिक दललाई सोध्ने प्रश्न हो । चुनावको समयमा राजनीतिक दलहरुले शिक्षकबाट केहि आर्थिक वा भौतिक सहयोग प्रत्यक्ष वा परोक्ष रुपमा लिइएको नै हुन्छ । यदि यो साथसहयोग नलिने हो भने भोलि यो समस्यामा सुधार आउँछ । यस विषयमा राजनीतिक दहहरुको पनि दोष रहेको छ । चुनावको प्रचारप्रसार र जिताउने कुरामा शिक्षककर्मीहरुको साथ लिएको तर दोष चाहिँ फेरि शिक्षकहरुमा मात्रै थोपार्नुले, यस समस्याको दोष चाहिँ राजनीतिक दलमा नै जान्छ ।

सरकारी विद्यालयमा सरकारको लगानीअनुसारको गुणस्तरीय शिक्षा प्रदान गर्न किन नसकिएको हो ?
यस विषयमा कुरा गर्नु पर्दा सरकारको पक्षबाट शिक्षा सेवा आयोगबाट अङ्ग्रजी माध्यमबाट पनि पढाउने किसिमका शिक्षकहरुको नियुक्ति हुन आवश्यक छ । सामुदायिक विद्यालयप्रति बालबालिकालाई आकर्षित गराउन सर्वप्रथम दक्ष, तालिम प्राप्त, विज्ञ तथा योग्यता पुगेका क्षमताशील जस्ता शिक्षकहरुको आपूर्तिमा सरकार पक्षले वातावरण तयार गर्न सक्नुपर्छ । सरकारबाट आर्थिक तथा अन्य साथसहयोगबाट संस्थागत विद्यालय झैँ समुदायिक विद्यालय पनि त्यही औधामा पुग्ने स्थिति रहन्छ । सामुदायिक विद्यालय अथाह लगानी गरिने भन्ने कुरा सुनिन्छ तर त्यसो नभई करिब ८ देखि १० प्रतिशत मात्रै लगानी गरेको स्थिति रहेको छ । अन्य देशको हकमा धेरै नै करिब २० प्रतिशतमा विद्यालयमा लगानी गरिएको स्थिति छ र यसलाई हाम्रो देशले पनि कायम गरे राम्रो हुन्छ । त्यस्तै गुणस्तरमा भएको वृद्धिले गर्दा निजी विद्यालयको भविष्यमा मान्यता घट्ने स्थिति आउने छ । त्यस्तै यस विषयले निजी विद्यालय पूर्ण रुपमा प्रवाभित हुने छ ।
प्रस्तुति ः अर्पणा के.सी.÷भोजकुमार तामाङ

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes