शनिश्चरे साकोसको हकमा प्रतिस्पर्धा आवश्यक छैन - Pahilo Online

शनिश्चरे साकोसको हकमा प्रतिस्पर्धा आवश्यक छैन

writer

पहिलो अनलाइन

एकराज निरौला (अध्यक्ष) शनिश्चरे बचत तथा ऋण सहकारी संस्था लि. पथरीशनिश्चरे–९ मोरङ

दिनचर्या कसरी बिताइरहनु भएको छ ?
मैले मेरो दैनिकीलाई कुनै न कुनै रुपमा व्यस्त नै रखिआएको छु । म शिक्षण पेसामा आबद्घ भएकाले पनि प्रायः समय शिक्षण पेसालाई नै प्राथमिकतामा राखेर अन्य सामाजिक गतिविधिहरुलाई पनि कायम राख्दै संलग्नता जनाउँदै आएको छु । विशेषगरी म सहकारीमा पनि आबद्घ भएकाले यस क्षेत्रका कार्यलाई समेत समय दिदै दिनचर्या बितिरहेका छन् ।

शनिश्चरे साकोसको वर्तमान अवस्था कस्तो रहेको छ र आफ्ना कार्यहरु कसरी अघि बढाउ“दै समाजमा कस्तो भूमिका खेलेको छ ?
वर्तमान अवस्थाको कुरा गर्ने क्रममा मूलतः अन्तर्राष्ट्रिय मान्यताअनुसार सहकारीले बोक्ने जिम्मेवारीमा समुदायका विशेषगरी सदस्यहरुमा केन्द्रित रहेर आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई उन्नयन गर्ने रहेको छ । त्यसमा पनि सहकारी साकोस वित्तिय सहकारी हो र त्यसको पनि प्रमुख दायित्व आर्थिक हो । आर्थिक दायित्वअन्र्तगत पनि सदस्यलाई सहकारी नियम र पद्घतिअनुसार स्वीकार्ने र सदस्यका आवश्यकता हेरेर संस्थाको नीतिनियमअनुसार ऋण प्रदान गर्ने, सदस्यलाई बोनस प्रदान, सुविधा नियमतः प्रदान गर्ने जस्ता कुराहरु आर्थिक कुरामा पर्दछन् । सामाजिक हिसाबमा सदस्य र समुदायका व्यक्तिमा विविध सामाजिक गतिविधि गर्दै आएको छ । समाजमा गर्नुपर्ने सामाजिक गतिविधिका कार्यक्रमहरुमा जस्तै सामाजिक सचेतनाका कार्यक्रम, स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, छात्रवृत्ति प्रदान आदि पर्दछन् । त्यस्तै सांस्कृतिक हिसाबमा चाहिँ समाजको संस्कृतिलाई परिवर्तन गर्ने कुरा हो र त्यसमा संस्कृति शब्द धार्मिक परम्परालाई हेर्दैनौँ । सामाजिक संस्कृतिमा पनि व्यापक परिवर्तन छ । हामी समूहको रुपमा घोलबन्द गराउने, दुःख पर्दा समूहगत रुपमा जाने र सामूहिक भावना जस्ता परम्पराको विश्वास गरेका छौँ । वर्तमान अवस्थामा हेर्दा वित्तिय कुराहरु पहिले आउँछन् । मैले यस संस्थामा संलग्नता जनाएको समयबाट अहिलेसम्ममा धेरै वित्तिय कुराहरुमा सफलता प्राप्त गरिसकेका छौँ । यस वर्षको वासलातमा करिब ३ करोड ६६ लाख रकम प्राप्त भएको छ । यस संस्थामा ११ सय सदस्य कायम रहेको र यसलाई सकारात्मक रुपमा नै मानिएको छ ।

शनिश्चरे साकोसको सुरुवाती समयको अवस्था कस्तो थियो ?
यस संस्थाको दर्ता २०५९ सालमा भएको हो । त्योभन्दा अघि २०५७ तिर चौकमा बसेर केहि साना पसले, यातायात व्यावसायीहरुले केहि रकम भेला गर्ने पद्घतिको रुपमा आआफू लगानी गर्दै सुरु भएको हो । तत्कालीन समयमा प्रत्यक्ष संलग्न नभएतापनि त्यहीको बासिन्दा भएकोले गर्दा ती कुरामा नजिक नै थिए । पछि पैसाको मात्रा बढ्दै गएपछि यसरी नहुने र सहकारीको रुप दिने भन्ने र वैधानिक पनि हुने कुरा आयो । सबैको सरसल्लाहमा स्थानीयवासीको पहलमा सहकारीकरण गर्नका लागि दर्ता गरी सहकारीका गतिविधिहरुलाई संलग्न गराएर पद्घतिमा ल्याइएको हो । त्यसबेला त्यति ज्ञान पनि नभएको र सहकारीबारेमा जानकार व्यक्तिको पनि कमी भएकाले सहकारी आफ्नै तरिकाले चल्यो अनि बिचमा त्यस्तो गढबडी नभएकाले संस्था निरन्तर आफ्नो गतिविधि सञ्चालनमा रहिआएको हो । संस्थाको विकास क्रममा बिस्तारै संघसंस्थाको छाता संघहरुमा संलग्न हुदै गएपछि सहकारीलाई पद्घतिमा चलाउनु पर्ने र त्यस प्रक्रिया बारे ज्ञान भएपछि विभिन्न तालिम, गोष्ठीका माध्यमबाट सहकारीको उन्नयन गर्नेतर्फ लाग्यौ । विशेषगरी मैले संस्थामा संलग्न रहेदेखि अहिलेसम्म म तेस्रो कार्यकालको अध्यक्ष छु र जुन समयमा लेखाको रुपमा संलग्नता जनाएको थिए । त्यही समयबाट साथीहरुबाट संस्था अझै बढाउने भन्ने कुरालाई लिएर विभिन्न तालिम, गोष्ठी र माथिल्ला छाता संगठनहरुको सम्पर्क र मन्तव्यमा काम गरेपछि संस्थाको गतिमा अलि द्रुरुता प्राप्त भएको हो ।

शनिश्चरे साकोसले अन्य संस्थाहरुसग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ वा यो एक ब्राण्ड हो र स्वतः समाजले बुझेको छ, बताइदिनुहोस् न ?
सहकारीहरु बिचमा सहकारीका सैद्धान्तिक र नीतिगत कुराले एकआपसमा प्रस्तिर्धा हुदैन । सहकारीका मुल सात सिद्धान्तमध्ये एक सिद्धान्तमा कोओपोरेटिभ्स् बिट्वीन कोओपोरेटिभ भन्नाले सहकारी बिचमा एकआपसमा सहयोग र पूरकको भावना हुुनुपर्छ भन्ने हो । प्रतिस्पर्धा हुदा पनि व्यावहारिक कुरामा र वित्तिय परिचालन गर्ने कुरामा केहि सहकारीसँग प्रतिस्पर्धा भएको जस्तो मात्र देखिन गएको हो । मूलतः शनिश्चरे बजारमै पनि केहि अन्य सहकारी पनि रहेका छन् र आआपm्नै तरिकाले चलेका पनि होलान् । ती सहकारीमध्ये पनि पुँजीगत, आकार, सदस्य सङ्ख्या आदिको हिसाबले सहकारीहरु कमै छन् । मानिसमा सहकारी ठुलो या सानो भन्ने प्रवृत्ति रहेको छ । खासमा सहकारीको कार्यविधि, कार्यक्षेत्र, सदस्य सङ्ख्या जस्ता कुराले अवस्थालाई जनाउने हुन्छ । शनिश्चरे साकोसको हकमा प्रतिस्पर्धा आवश्यक छैन र यो संस्था स्वतन्त्र अस्तित्व लिएको संस्था हो । जिल्लामा मात्रा र सम्पत्ति ठुलो नभएतापनि विधिगत रुपमा सँगसँगै मोनिटरिङ सिस्टममा चाहिँ राम्ररी चलेको र पुरस्कृत समेत भएको संस्था हो । सहकारीमा पैसा अनि भवन धेरै र ठुलो भन्ने कुराले मात्र सहकारी ठुलो वा राम्रो भन्ने अर्थ हुदैन । सहकारी सानो र सदस्य पनि थोरै भएपनि विधिगत रुपमा चलिरहेको अवस्था छ वा छैन भन्ने कुरा प्रमुख हुन्छ । त्यस्तै हामीले पनि हाम्रो शनिश्चरे साकोसलाई विधिगत रुपमा चलाउने प्रयास गरेका छौँ ।

पछिल्लो समयमा राज्यले सहकारी सम्बन्धी ल्याएका नीति नियमहरुले कस्तो प्रभाव पारेको छ ?
सहकारी विधिगत रुपमा चल्नुपर्छ भन्ने कुरा एकदमै ठिक हो र यसका लागि कानुनी नीतिनियम पनि आवश्यक हुन्छ । सहकारी कानुनभन्दा बाहिर रहेर काम गर्न सक्दैन । नेपालको संविधान २०६३ र २०७२ मै पनि राज्यको खम्बाको रुपमा सहकारीलाई मानिएको र परिभाषित समेत गरिएको छ । सहकारीहरु २०४८ सालको ऐनअनुसार सञ्चालनमा ल्याइएका थिए । विद्यमान ऐन बहुदल व्यवस्था आएपछिका हुन् र त्यति पूर्ण र परिपक्व पनि थिएनन् । पहिले हिसाबमा वर्तमान अवस्थामा नयाँ ऐनको निर्माण भएको र सहकारीहरु पनि स्थापित एवम् सञ्चालित छन् । पहिलेका ऐनहरुमा धेरै कमीकमजोरी थिए । सहकारी ऐन २०७४ गत वर्ष कार्तिक १ गतेबाट लागु गरिएको हो र उक्त ऐनमा धेरै राम्रा कुराहरु समावेश गरिएको छ । धेरै सुधारात्मक र व्यापक कुराहरु रहेता पनि कतिपय ठाउँमा सहकारीलाई केहि अंकुश लगाउने पो होकि भन्ने कुरा देख्नमा आयो । विशेषरी सानातिना कुरामा ठुल्ठुला दण्डसजायका कुरा राखिनु, केहि अधिकारका कुरालाई रजिष्टारको विभागले आफ्नो हातमा राख्नु जस्ता कुरालाई ऐनमा प्रावधान राखिनु जस्ता कुराहरुले भविष्यमा गएर कथमकताचित निरङ्कुशताको रुपमा परिणत हुने र सहकारीलाई निमुठ्याउने काम पो गर्ने हो कि भन्ने आशङ्का हाम्रो अभियानले गरेको छ । यस विषयमा संसोधन हुनुपर्छ भन्ने माग रहेको छ । दण्ड सजायका कुरा पनि जायज नै छन् । अधिकारको कुरा गर्दा रजिष्टारको हातमा रहनु त्यति जायज भएन । राज्यले ऐन निर्माण गर्न प्रदेश र स्थानीय तहलाई स्वतन्त्र अधिकार प्रदान ग¥यो । स्थानीय तहका सबै मानिसहरु एउटै स्तरका छैनन् । त्यसमा पनि अन्य जिल्लाको तुलनामा मोरङ जिल्लालाई सक्षम र सुगम स्थलको रुपमा मानिएको छ । पथरीशनिश्चरेको हकमा चाहिँ सहकारी ऐन बनेका छैनन् र अन्य स्थानको ऐनलाई मध्यनजर गर्दा त्यति ढङ्ग नपु¥याएको र अप्ठेरो बनाउने स्थिति रहेको छ । ऐनको निर्माण गर्दा राज्यको ऐनसँग नबाझ्ने गरि स्थानीय सहकारी अभियान्ता र सहकारीकर्मीहरुसँग छलफल अनि सरसल्लाहबाट समझदारीमा बनाउनु पर्ने मान्यता रहेकोमा पथरीशनिश्चरेले चाहिँ गरेको अवस्था छैन । वर्तमान समयमा निरङ्कुसताको एउटा हल्ला सुनिन्छ तर त्यो त्यति व्यापक होइन । मात्रै त्यसमा केहि बुँदाहरुमा असन्तुष्टि जनाइएको हो ।

सहकारी ऐन निर्माण गर्ने कुरामा सहकारी अभियान्ता, सञ्चालक समितिको भूमिका पनि होला र यस विषयमा एकजुट भएर बैठक, कन्फिरेन्स राखेर झक्झकाउनु पनि आवश्यक प¥यो होला नि ?
हामीमा सहकारी ऐन निर्माण गर्ने अधिकार रहदैन । सम्पूर्ण अधिकार, जिम्मेवारी र दायित्व स्थानिय सरकारमा रहन्छ र एकात्मक रुपमा पनि ऐनको निर्माण गर्न पाउने गरिको अधिकार प्राप्त गरेको हुन्छ । उक्त बनाइने ऐन सापेक्ष भएमा हामीले सहर्ष स्वीकार्नु पर्ने हुन्छ । तर हाम्रो मान्यता भनेको सहकारीका अभियान्ता, सरोकारवाला, सबै स्थानीय जनप्रतिनिधिहरु यही स्थानीय रुपमा एकै ठाउँका हौँ र सबैमा सरसल्लाहका साथ कामलाई अगाडि बढाउने हो भने राम्रो हुने कुरा आउँछ । उक्त कुरालाई अनौपचारिक रुपमा पु¥याइएको छ ।

एउटै सिद्धान्त भएका सहकारीहरु बिचमा मर्ज गर्नु पर्ने र एउटा व्यक्ति एक सहकारीमा मात्र सदस्य बन्ने भन्ने कहिले लागू होला ?
राज्यको नीतिभित्रको कुरामा पनि मर्जलाई समावेश गरिएको छ । हामी अभियान्ताहरुले मर्जलाई लगेका छौ । वर्तमान अवस्था सहकारी च्याउझैँ छ्यासछ्यास्ती रहेका छन् र जसले गर्दा जनसमुदायमा गुणस्तर सेवा प्रदान गर्न सकिरहेको छैन । ऐनमा समेत एक व्यक्ति, एक सहकारी भन्ने कुरालाई स्पष्ट उल्लेख गरिएको छ । सहकारी ऐन २०७४ काक्तिक १ गतेबाट सुरु भयो र त्यहाँ उल्लेख भएअनुसार एउटा जिल्लाभरिको एउटै प्रकृतिको सहकारीमा एउटा मात्र व्यक्तिले सदस्य बन्न पाउने प्रावधानको प्रष्ट उल्लेख गरिएको छ । उक्त ऐन लागु भएको १ वर्ष बित्यो र अब २ वर्ष समय बाकिँ रहेको छ । हाम्रो ठाउँको कुरा गर्दा मानिसहरु विशेषगरी बचत तथा ऋण सहकारी संस्थामा एउटा व्यक्ति करिब ५ देखि ६ सम्मका संस्थाहरुमा सदस्यता प्राप्त गरेका छन् । यस अवस्थामा अब सेयरहोल्डरहरुले एउटा मात्रै सहकारीमा सदस्यता प्राप्त गर्नु पर्ने अवस्था आएको छ र छनौट गर्ने कुरा उहाँहरुमा रहन्छ । बेलैमा मर्जको बारेमा सोच्न बाध्य हुनुपर्छ । विभिन्न फोरुमबाट मर्ज गर्ने बारे कुरा उठाइरहेको छु र केहि मञ्चहरुबाटै पनि जानकारी प्रदान गरिरहेको अवस्था छ । नेतृत्वको आशा र लोभ गर्ने होइन बरु सक्ने भए मर्ज गरौँ । मेरो अभियान भनेको पथरीशनिश्चरे भरिका सबै सहकारी मिलेर एउटा दरिलो वित्तिय सहकारी संस्था निर्माण गरौँ ठाउँठाउँमा सेवाकेन्द्र पनि राखौँ । अहिले मर्जको कुरालाईं बाध्यत्मक रुपमा हेर्नु पर्ने स्थिति आएको छ र यो अनिवार्य पनि छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes