जनताले बिहान बेलुका एक पेट खान, लाउन पाउदैनन् भने जति नै विकास गरेतापनि विकास भएको मानिंदैन  - Pahilo Online

जनताले बिहान बेलुका एक पेट खान, लाउन पाउदैनन् भने जति नै विकास गरेतापनि विकास भएको मानिंदैन 

writer

पहिलो अनलाइन

 

कृष्णप्रसाद लुइटेल वडाध्यक्ष लेटाङ न.पा.–९ मोरङ

दिनचर्या कसरी बिताइरहनु भएको छ ?
अहिलेसम्म चाहिं वडाका जनताहरुको समस्याहरुसँग सहकार्यमा जुद्दै नै बितिरहेका छन् । प्रायः समय वडावासीका सेवामा साथ दिंदैमा वितेको छ ।

अघिल्ला वर्षमा विकासका कार्यहरु केके गर्नुभयो ?
जनताको सेवकको रुपमा काम गरिरहेको छु । यो साल काम भर्खरै सुरु हुदै छ । कृषि प्रधान देश भएकाले प्रायः सबै कृषक नै रहेका छौँ । त्यसैले विगतका दिनहरुमा कृषिलाई बढावा दिनुपर्छ भन्ने कुरालाई लिएर मल, बिउमा सहुलियत दिने र निःशुल्क वितरण गर्ने जस्ता काम गरिएका छन् । मानवीय संसाधन साथै अन्य भौतिक पूर्वाधारसँग सम्बन्धित विकास निर्माणका कामहरु गरेका छौँ । पाहोर साल २ ओटा बाटाहरु ग्राभेल ग¥यौ । केही विभिन्न ठाउँहरुमा कल्र्भट, होमपाइप लगायौं । यसरी विभिन्न निर्माण कार्यक्रमका साथ वर्ष अन्त्य ग¥यौ । हामीले शतप्रतिशत योजना सम्पन्न गरेका छौ र अधुरा रहेनन् । हामीले लिएको लक्ष्य अनुसारको ४२ ÷४३ ओटा योजनाहरु सम्पन्न भए ।

विकास निर्माणका कुरामा कस्ता किसिमका योजनालाई प्राथमिकतामा राखिने गरिएको छ ?
विकास निर्माणको कुरा गर्दा सर्वप्रथम जनतामा चेतना हुनु अत्यन्तै आवश्यक हुन्छ । यसमा वास्तविक वा दिगो विकास हो भन्ने कुरामा जनता चेतनशील हुन्छन् । यदि जनताले बिहान बेलुका एक पेट खान, लाउन र आराम गर्न पाउदैनन् भने जति नै पनि विकास निर्माणका नारा लिएर बाटो कालो पत्रे र ग्राभेल गरेतापनि विकास भएको मानिंदैन । हामीले यसरी वास्तविक कुरालाई बुझेर काम गरेका छौँ । हामीले हाम्रो बजेटको ढाँचा पनि त्यही अनुसार नै तय गरेका छौँ । खासमा पूर्वाधारको विकासले मात्र विकास भएको कहलाउँदैन । हाम्रो वडा कृषिको क्षेत्रमा एकदमै अघि रहेको छ । त्यसैले पनि यस विषयसँग सम्बन्धित रहेर पनि समस्याका समाधान गर्दै कृषि क्षेत्रलाई बढावा दिने कुरामा अघि बढेका छौँ ।

मानव संसाधनमा जोड दिनुभएको छैन ?
यस विषयमा पनि उत्तिकै चासो लिइएको छ । वडा सुन्दर बनाउनका लागि पनि यस विषयलाई बढी नै प्राथमिकतामा राखेर कामहरु सम्पन्न गरिनुपर्छ । जनताका हकअधिकार, वृद्ध ज्येष्ठलाई सम्मान पनि गर्ने छ । अहिले ती सम्मानका कार्यक्रमहरु सोचेभन्दा पनि राम्रा भएका छन् । हामीले गरिब विद्यार्थी ११ र १२ कक्षामा अध्ययनरतलाई निःशुल्क शिक्षाको वातावरण मिलाएका छौँ ।

अघिल्ला वर्षमा लक्षित वर्ग अन्र्तगत महिला र बालबालिकाहरुका लागि के कस्ता काम गरिएका छन् ?
पहिले स्थानीय निकाय हुँदाको समयमा सरकारको तर्फबाट प्रतिशत तोकेर बजेट आउने गरेको थियो । तर अहिले भने ती बजेट आउने कुरालाई संविधानमा समेटेको छैन । हिजोआज महिलाहरुमा पनि महिला नेता, बालबालिका तथा युवा नेताहरु अलमल्लमा परेका छन् । उनीहरुका लागि भनेर अहिले सचेतनाका कार्यक्रमहरु सम्पन्न गरेका छौँ । त्यस्तै वृद्धवृद्धाका लागि सम्मानका कार्यक्रमहरु गरेका छौँ । अनि अन्य महिला तथा युवाहरुलाई र लक्षित वर्गहरुलाई समेटिने गरिका जीविकोपार्जनका सिपहरु तोकेका छौँ र त्यही अनुसार कामहरु पनि गरेका छौँ । जीविकोपार्जनका सिपअन्र्तगतमा ड्राइभिङ तालिमलाई समेटिएको छ । यही कार्यक्रमहरुलाई जोडेर हामी अघि बढेका छौँ ।

युवा लक्षित अन्र्तगत रोजगारका विषयमा के कस्ता कुराहरुलाई समेटिएका छन् ?
अघिल्लो वर्षमा हामीले सोचेअनुसारको रोजगारमूलक सिपहरु युवा वर्गसमक्ष दिन सकिएन । हामीले स्वमूल्याङ्कनमा पनि ध्यान दिन अति नै आवश्यक हुन्छ । पोहोर साल अनुभवको कमी पनि युवाहरुमा देखिएको थियो र त्यसैले पनि रोजगारका विषयमा कार्यक्रमहरु सम्भव भएनन् । पोहोर साल हामीले युवाहरुमा विभिन्न खेलकुद अनि मनोरञ्जनसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन ग¥यौ । यो वर्षमा विभिन्न तालिमका साथ प्राविधिक शिक्षालय खोल्ने योजनामा छौँ । त्यही अनुसार पनि हाम्रो योजना निर्माण हुने छ ।

यो वर्षका योजनाहरु केके छन् ?
यो र अघिल्लो सालका समस्या र अधुरा योजनाहरुलाई पूरा गर्र्दै जाने छौँ । यो वर्ष व्यक्तिहरुलाई प्राविधिक बनाउने लक्ष्य लिएका छौँ । यस योजनामा युवाहरुमा समेट्दा विभिन्न तालिम, गोष्ठी, वैदेशिक रोजगार सम्बन्धित तालिम र स्वास्थ्य सम्बन्धित धेरैजसो कार्यक्रमहरु चलाउने रहेका छन् । यससँगै भौतिक विकासका कार्यक्रमहरु पनि यथावत नै रहेका छन् ।

युवाहरुलाई वैदेशिक रोजगार सम्बन्धि तालिम दिएर विदेश पठाइन्छ, के यो देशमा युवाहरुको परिचालन सम्भव छैन र ?
यस विषयमा सकिने कुरा आउँछ । हामीले बगिरहेको खोलालाई एकैचोटि झ्याम्मै रोक्न खोज्दा बाँध फुटाउछ भनेझैँ क्रमश बाँध लगाउँदै जानुपर्छ । त्यसअर्थमा हामीले प्राविधिकहरुको उत्पादन गर्ने सोचमा छौँ, जसले चाहिँ सक्षम भएर जिविकोपार्जन गर्न सकोस् र दुःख नपाओस् भन्ने हो । जसले गर्दा हामीलाई युवाहरुलाई विदेश नपठाउने र गाउँमै राख्ने चाहना चाहिँ रहेको नै छ । यस विषयमा सरकारको तर्फबाट पनि त्यहि खालको नीति ल्याउदै जानुपर्छ र आउँदै पनि छ । यस विषयलाई एकैपटकमा रोक्न .सकिन्न जसमा पनि मुख्य कुरा युवाहरुले दुःख नपाउन् भन्ने रहेको छ ।

यस वर्षमा विकास निर्माणका के कस्ता योजनाहरु रहेका छन् ?
यो वर्षको योजनाहरु अन्र्तगतमा मोरङ्गेदेखि तेली खोलासम्म कालो पत्रे गर्ने ठूलो योजना रहेको छ । उक्त योजनाका लागि वडाबाट १५ लाख रकम विनियोजन भएको छ र जसबाट ३ कि.मि बाटो बनिने योजना रहेको छ । यसमा प्रदेश, नगर, संघीय सरकारसँग थप रकम जुटाई कार्र्यक्रम बढाउने सोच रहेको छ । यसमा बाटो ग्राभेलको योजना रहेका छन् र काम पनि भइरहेकै छ । हामीले सम्पन्न गरेका योजनामा इस्टिमेट गरेअनुसार नै गरिएका छन् । हामीले वडासँग इस्टिमेट गरेअनुसारको बजेट नभएको खण्डमा चाहिँ केहि सामुदायिक वन र जग्गावालासँग साझेदारीमा काम चलाएका छौँ ।

वडावासीका केके गुनासाहरु आउने गरेका छन् ?
वडामा वडावासीका गुनासा र समस्याहरु धेरै आउँछन् । अहिलेको स्थानीय निकाय बन्न करिब २० वर्ष लामो समय लागेको हो । जसमा पनि जनप्रतिनिधि विहिनको रुपमा रहेको थियो । अहिले हामी जनप्रतिनिधिको रुपमा स्थापित छौँ र हामीले जनताका इच्छा र मागअनुसारका काम गर्ने रहेको छ । सरकारबाट पनि यी कामहरु सम्पन्न होस् भन्ने वडाध्यक्षको नाताले चाहेको छ । यसमा पनि सरकारका विधि, बाध्यता र बजेटभित्र रहेर काम गर्नु पर्ने हुन्छ । विकास निर्माणका केहि वढी नै समस्या आएका छन् । यस वडामा ठूलो समस्याको रुपमा वडा ८ र ९ को ज्यामिरे बाटो रहेको छ । यस समस्याको कारणमा बाटामा ठूला रुखहरु हुनु, बजेट कम विनियोजन हुनु र जम्मा १८ कि.मिमा ६ कि.मि पहाडी भूभाग रहेको र त्यहाँको विकासमा बढी रकम लाग्ने हुन्छ । यहि नै बाटोको ठूलो चुनौतिको रुपमा आएको छ ।

जनताको काम गर्दा कस्ता किसिमका अप्ठेरो र चुनौती आएका छन् ?
सर्वप्रथम भन्नु पर्दा अप्ठेरो चाहिँ भन्नै पनि मिल्दैन । किनभने हामी भनेको जनताका अप्ठेरा र समस्यालाई सहजीकरण गर्न आएका हौँ । कुनै पनि क्षेत्रमा काम गर्दा अप्ठेरा र सजिलो दुवै आउने गर्छन् । जसमा हामीले कुनै पनि परिस्थितिमा आत्तिने वा मात्तिने कुरा आउँदैन । मैले लामो समयसम्म जनतासँगै रहेर सामुदायिक वनमा अध्यक्षको रुपमा आफ्नो कार्यकाल सकाएको छु । मैले सबैमा समय दिएको र सबैमा परिचित हुन पाएको र उहाँहरुको साथसहयोगले नै अघि बढिरहेको छु ।

तपाईको कार्यकाल भरिमा वडालाई कस्तो बनाउने परिकल्पना गर्नुभएको छ ?
हामीले यस विषयमा घोषणा पत्र पनि निर्माण गरेका छौँ । हामी यस वडालाई नमुना वडाको कल्पनालाई अघि बढाएका छौ । हाम्रो सोचअनुसारको कामभएता पनि सीमित स्रोतसाधन, बजेट र भौगोलिक रुपमा रहेका २ खोलाहरुले माटो कटान जस्तो समस्या निम्त्यिाएको छ । अवधिभरमा जनताबाट साथसहयोग पाएमा वडालाई छुट्टै पहिचान दिन सफल हुने छौ । आफूमा भएका कमीकमजोरी र गल्तिहरुलाई जनताको बिचबाट सच्याउँदै अघि बढ्ने आशामा सबै वडावासीबाट साथ पाउने आशा गरेको छु ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes