लियो क्लबद्वारा स्वीटर वितरण - Pahilo Online

लियो क्लबद्वारा स्वीटर वितरण

writer

पहिलो अनलाइन

 

बेलबारी । लियो क्लब अफ बेलबारीले विद्यालयका बालबालिकाहरुलाई न्यानो स्वीटरका साथै शैक्षिक सामग्री वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी बेलबारी–८ स्थित सुकुना आधारभुत विद्यालयका ४१ जना विद्यार्थीहरुलाई स्वीटर र शैक्षिक सामग्री वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि ८ नं. वडाध्यक्ष धनपति गौतम, लायन्स क्लब अफ बेलबारीका अध्यक्ष केदार प्रसाईलगायतले बालबालिकाहरुलाई स्वीटर वितरण गरेका थिए । कार्यक्रममा अपांग विद्यालाई ह्वील चेयर समेत वितरण गरिएको थियो ।
लियो क्लब अफ बेलबारीका अध्यक्ष सुनिल रिजालको अध्यक्षमा सम्पन्न कार्यक्रममा केदार प्रसाई, धनपति गौतम, शालिग्राम बस्नेत, विद्यालयका प्र.अ. वीरबहादुर श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes