सामुदायिक वनमा झाडी सफाई गरी विरुवा हुर्काइदै - Pahilo Online

सामुदायिक वनमा झाडी सफाई गरी विरुवा हुर्काइदै

writer

पहिलो अनलाइन

 

जाँते । उत्तरी मोरङको लेटाङ–९ स्थित स्वर्गद्वारी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा फैलीएको अनावश्यक झाडी सफाई गरेको छ । आज शनिबार सयौंको संख्यामा उपभोक्ता भेला गरी वन भित्रको झाडी सफाई गरेको हो ।

सालको बाहुल्यता रहेको वनमा वनमारा झार उम्रिएर विरुवा हुर्कन नदिएको हुनाले गोडमेल गरिएको समूहका कोषाध्यक्ष टेकनाथ निरौलाले बताउनु भयो । ५६ दशमलब ३५ हेक्टर रहेको वन क्षेत्रमा हरेक वर्ष ३ हेक्टरका दरले झाडी सफाई गरिएको कोषाध्यक्ष निरौलाले जानकारी दिए । उक्त ३ हेक्टर सफाई गर्न १ सय ७ घरधुरी उपभोक्ताहरु दुई दिनसम्म लाग्ने उनले बताए ।

वन क्षेत्रमा अनावश्यक झाडीले विरुवा हुर्कन नदिएका कारण हरेक वर्ष सफाई गर्ने गरीएको समूहका सह–सचिव नरेन्द्र चेम्जोङ बताउँछन् ।

अन्य वन समूहको तुलनामा स्वर्गद्वारी सानो वन क्षेत्र र उपभोक्ता संख्या कम भएपनि वन पैदावरबाट आएको आम्दानीले वन विकासका साथै गरिवि न्यूनिकरण, सामाजिक विकासका उल्लेखनीय योगदान गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes