'निजी स्कुलले प्रतिष्पर्धा गरे काम गर्न जाँगर आउनेछ' : सुरेन्द्र लिम्बू - Pahilo Online

‘निजी स्कुलले प्रतिष्पर्धा गरे काम गर्न जाँगर आउनेछ’ : सुरेन्द्र लिम्बू

writer

पहिलो अनलाइन

सुरेन्द्र लिम्बू (निर्देशक) प्याराडाइज इंग्लिस बोर्डिङ स्कुल, पथरीशनिश्चरे–९ मोरङ

दिनचर्या कसरी बिताइरहनु भएको छ ?
घरको अलिअलि काम ग¥यो । नानीहरुको पढाइ प्रति सहजिकरण र त्यस पछाडी स्कुल आयो । यसरी नै दिनहरु बितिरहेको छ ।
यो विद्यालय कहिलेबाट सञ्चालन गर्नुभयो, यस स्कुलमा विद्यार्थी, शिक्षक सङ्ख्या कति रहेका छन् र यो विद्यालय कतिसम्म सञ्चालित छ ?
प्याराडायिज स्कुलको इतिहास निकै नै लामो छ । तर मैले यस स्कुलमा आबद्ध भएको चाहिं २०६६ सालदेखि हो । यस विद्यालयमा शिक्षक र कर्मचारी गरेर जम्मा ३० जना हुनुहुन्छ । विद्यार्थी लगभग ४२५ जना जस्तोको हाराहारीमा छन् । यस विद्यालयमा कक्षा १० सम्म अध्ययन गराइन्छ ।

विद्यालय सञ्चालन गर्दा के कस्ता चुनौती र समस्याहरु छन् ?
सबै चुनौतीहरु एकै खालको मात्र हुन्छन् भन्ने हुदैनन् । नयाँनयाँ चुनौतीहरु आइरहेका हुन्छन् । ठ्याक्कै अब यो नै आउँछ भन्न सकिन्न ।
निजी विद्यालयबीच प्रतिस्पर्धा कत्तिको गरिरहेको छ ?
प्रतिस्पर्धा त अवश्य नै हुन्छ । सेवाको साथसाथमा थोरै यो व्यावसायिक पनि हो । अब हामीले गर्ने भनेको हाम्रो संस्थालाई कसरी चलाउने, त्यो भनेको सबैको एउटै नहुन सक्छ । अब धेरै कुराहरु स्कुलको क्यालेन्डर बमोजिम नै हुन्छ ।

निजी विद्यालयमा प्रतिस्पर्धा आवश्यक छ की छैन ?
एकदमै आवश्यक छ । प्रतिष्पर्धा भएमा त मानिसलाई जाँगर आउने गर्दछ । प्रतिष्पर्धा नभएमा जसले जे गरे पनि भइहाल्छ नि भन्ने खालको कुरा आउँछ, जस्तो मलाई लाग्छ ।

निजी विद्यालयहरुमा शिक्षकहरुको श्रम शोषण हुन्छ, न्युनतम सेवासुविधामा शिक्षकहरुलाई काम गर्नु पर्ने हुन्छ भन्ने गुनासाहरु आउँछन् नी ?
त्यस्तो सेवा सुविधामा एकदमै न्युन तलब भत्ता दिएर राखे जस्तो त लाग्दैन । जो शिक्षक पेसामा आबद्ध हुनुहुन्छ । उहाँहरुलाई पूर्ण जानकारी गराएर मात्र शिक्षकको रुपमा राखिएको हुन्छ ।

यस स्कुलमा अभिभावकहरुको कत्तिको आकर्षण रहेको छ ?
आकर्षण बिस्तारै बढ्दै छ । पहिलेको तुलनामा राम्रै हो । २०६६ सालमा जब म यस विद्यालयमा आएँ तब विद्यार्थीको सङ्ख्या २०० को हाराहारीमा थियो । अहिले यो सङ्ख्या बढेर सवा ४ सय पुगेका छन् । यसबाट अनुमान गर्दा प्रायः सबै अभिभावकहरु आकर्षित नै हुनुहुन्छ ।

यस विद्यालयले विद्यार्थीहरुलाई के कस्तो सुविधाहरु दिइरहेको छ ?
हाम्रो विद्यालयमा यातायातको सुविधा छ । थप अब कम्युटर शिक्षा छ । खानेपानीको व्यावस्थापन पनि राम्रै छ र हाम्रो विद्यालय सुनसान पढ्ने वातावरण भएको ठाउँमा छ ।

पथरीशनिश्चरेका निजी विद्यालयहरुमा पाठ्यक्रममा एकरुपता पाइदैन किन ?
अब पाठ्यक्रममा निजी स्कुलले एकरुपता गरेको भन्छु । विगत ४÷५ वर्ष अघिदेखि हामीले कस्तो अभ्यास गरेको छ भने, कक्षा एकदेखि दससम्म मेजर सवजेक्ट, हामीले कुनै पब्लिकेशनको पुस्तक फलानो पब्लिकेशनको, फलानो सवजेक्टको भनेर प्याव्सनको छनौट समिति बनाएर त्यसरी हामीले किताबहरु लागू गरेका छौं । त्यही भएर पाठ्यक्रममा तलमाथि परे जस्तो मलाई लाग्दैन ।

धेरै निजी विद्यालय सञ्चालन भएता पनि सबै विद्यालयहरु करको दायरामा गएका छैनन् । यो समस्या कहिलेसम्म समाधान हुन्छ ?
हाम्रो विद्यालय करको दायरामा छ । सुरुुसुरुमा एक दुई वर्ष कर सम्बन्धी तलमाथि भएको अवस्था हो । तर अहिले चाहिं कर सम्बन्धी पुरै अपडेट भएर लागिरहेका छौ र नियमित करहरु बुझाइरहेका छौं ।

सामुदायिक विद्यालयहरुले इंग्लिस मिडियम अर्थात् मन्टेश्वरी लागू गरिरहेका छन्, यसले निजी विद्यालयहरुलाई असर पर्दैन ?
असर त पर्छ नै, तर पनि उहाँहरुले जुन स्पिडमा गर्नुहुन्छ, त्यो भन्दा अलिकति बढी हामीले गर्ने प्रयास गरेका हुन्छौ । त्यही भएर सामुदायिक विद्यालयमा गएता पनि घुमीफिरी निजी विद्यालयमा नै आउनु हुन्छ ।

यस स्कुलले आगामी योजनाहरु के कस्ता लिएर अघि बढिरहेको छ ?
भावी योजना भनेको त भौतिक रुपमा सम्पन्न हुदै जाने हो । विद्यार्थीलाई सकेसम्म धेरै भन्दा धेरै सुविधा दिने हो र शैक्षिक गुणस्तर अझ त्यसलाई निखार्दै जाने हो पछि आवश्यकता अनुसार । अहिले त सरकारी नीति नियम पनि आइसकेको छ । भैपरी आउदा हामीले ११ ÷१२ कक्षा पनि सञ्चालन गर्न आवश्यक छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes