महत्व बुझाएर एभरेष्टको दशै विदा - Pahilo Online

महत्व बुझाएर एभरेष्टको दशै विदा

writer

पहिलो अनलाइन

विराटनगर । विराटनगर स्थित एभरेष्ट सेकेण्डरी इङ्गिलस स्कूलले आफ्ना विद्यार्थीहरुलाई चाडपर्वको सांस्कृतिक महत्व बुझाएर दशै, तिहार र छठ पर्वको विदा दिएको छ ।

विराटनगर ५ स्थित स्कूलले एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई चाडपर्वको महत्वबारे जानकारी दिँदै रमाइलो गराएर विदा दिएको हो ।

चाडपर्वको विदा दिँदै गर्दा ती पर्वहरुमा के–के हुन्छन्, कसरी पर्व मनाउने र ति पर्व हाम्रा लागि किन महत्वपूर्ण छन् भन्ने बुझाएर विदा दिएको स्कूलले जनाएको छ । कार्यक्रममा दशैका पोशाकमा सजिएर विद्यालय पुगेका बालबालिकालाई प्रिन्सिपल टिकाराम पुरीसहित शिक्षक र शिक्षिकाले टिका र जमरा लगाई दक्षिणासमेत दिएका थिए ।

बालबालिकाले किताबी ज्ञान मात्र नभएर आफ्नो संस्कृती, संस्कार र परम्पराबारे बुझाउन यस्तो कार्यक्रम गरेको विद्यालयका प्रिन्सिपल पुरीले बताउनुभयो । बाल्यअवस्थाबाटै संस्कृती बुझाउन सकिएमा उनीहरुमा सकारात्मक प्रभाब पर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा गाउँले परिवेश झल्कने चिटिक्क परेको सानो घर, खसी, टाट्नो, मकै, ढिकी, जाँतो र डोकोलगायतका सामाग्रीहरु प्रदर्शनी गरिएको थियो । प्रदर्शनी देखेर बालबालिकासँगै अभिभावकहरुसमेत रमाएका थिए । बडादशैको नवरात्रमा पुजा गरिने ९ दुर्गाको रुपमा सजिएका स–साना बालबालिका र पर्व चिनाउने सामाग्रीहरुको प्रदर्शन रोचक देखिएको थियो ।

हरेक चाडपर्वका बेला यस्ता गतिविधिमा बालबालिकालाई प्रत्यक्ष सहभागी गराउँदै आएको एभरेष्टले लामो विदाका बेला मनाउने सबै पर्वका विषयमा जानकारी गराएको जनाएको छ । कार्यक्रमसहित स्कूलले कार्तिक २८ गतेसम्मका लागि चाडपर्व विदा दिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes