सडक किनारमा रोपिएका विरुवा हटाइने - Pahilo Online

सडक किनारमा रोपिएका विरुवा हटाइने

सडक अतिक्रमण गर्नेलाई वडाबाट हुने सेवाबाट बञ्चित गरिने

writer

 

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ ले वडाका प्रत्येक सडकमा सफाइको कार्यक्रम र लागू पदार्थ विरुद्धको कार्यक्रम सुरु गरेको छ । वडाका सडकहरुमा बाटो मिचेर रोपिएका रहर, मास, दाल, बोट विरुवा तथा लहराहरु हटाउने भएको हो ।
भित्री सडकहरुमा जथाभावी पशु चौपाया बाँध्ने कार्यलाई हटाउन पनि वडाले १५ दिन अगाडी नै सूचना जारी गरिसकेको छ । तर हालसम्म पनि प्रभावकारी रुपमा सबैले आफ्नो जग्गा अगाडी पर्ने सडकमा रोपिएका बोट विरुवा नहटाएको र पशु चौपाय बाँध्न पनि नछाडेका कारण अब कडाइका साथ लाग्नु परेको वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले बताएका छन् । पटक पटक सुचना जारी गर्दा पनि अटेर गरेमा वडाले दिने सिफारिस लगाएतका अन्य सेवा सुविधामा पनि कडाइ गर्ने बैठकले निर्णय गरेको वडाध्यक्ष भण्डारीले जानकारी दिए । वडामा भएका विद्यालयका प्रधानाध्यापक, प्रहरी प्रशासन, बालक्लवका पदाधिकारी, समाजसेवीहरुको उपस्थितिमा सो निर्णय गरिएको हो ।
वडामा लागुपदार्थ दुव्र्यसनिका घट्नामा वृद्धि भएकाले त्यसलाई नियन्त्रण गर्न पनि लागि पर्ने निणर्य भएको छ । विद्यालय वरीपरीका पसलहरुमा लागुपदार्थ बेचविखनामा रोक लागाउने, स्कुल ड्रेसमा आउने विद्याथीलाई सुर्ति तथा लागुपदार्थ बेचविखन गरेको पाइएमा त्यस्ता पसललाई पनि कार्वाही गरिने बैठकले निर्णय गरेको छ । यसको नियान्त्रणका लागि प्रहरी, शसस्त्र प्रहरी, शिक्षक, अभिभावक, वडाका कर्मचारी तथा सदस्यहरु सबैले मिलेर अभियान नै चलाउने बताइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes