‘बयरवन वर्थ सेन्टरमा जन्माएको नानी, वडा नं २ को सहयोग छ नि’ भन्ने कार्यक्रम राखेका छौं - Pahilo Online

‘बयरवन वर्थ सेन्टरमा जन्माएको नानी, वडा नं २ को सहयोग छ नि’ भन्ने कार्यक्रम राखेका छौं

‘रमाइलो क्याम्पस भौंसावारी जाऊँ, छात्रवृत्तिलाई अगाडि बढाऊँ’ भन्ने कार्यक्रम वडा नं २ ले नै सुरु गरेको छ

writer

पहिलो अनलाइन

सुशिल बुढाथोकी (वडाध्यक्ष) कानेपोखारी गाउँपालिका वडा नं २

दिन चर्या कसरी बिताई रहनुभएको छ ?
सामान्यतया १० बजेदेखि ५ बजे सम्म वडा कार्यालयमा आएर जनताको काम ग¥यो र यो भन्दा अन्य समयमा गाँउ घर तिर जनताकै सेवा गरेर बिताई रहेको छु ।
विकास निर्माणको कामहरु कसरी अगाडि बढाइ रहनु भएको छ ?
हामी आएको एक बर्ष भयो । एक बर्षमा लगभग हामी नआउँदा नभएको पूर्वाधारहरु अर सि सि कल्भर्ट, बाटोहरु कालोपत्रे, ग्राभेललगायतका कामहरु गरेका छौं । शिक्षाको क्षेत्रमा ‘रमाइलो क्याम्पस भौंसावारी जाऊँ, छात्रवृत्तिलाई अगाडि बढाऊँ’ भन्ने कार्यक्रम वडा नं २ ले नै सुरु गरेका छौं । यसरी नै छात्रवृत्तिको कार्यक्रम सुरु ग¥र्यौ । स्वास्थ्य चौकी कानेपोखरी गाँपालिका वडा नं ४ मै भएपनि त्यस संस्थालाई अगाडि बढाउनु पर्छ भन्ने हिसाबले ‘बयरवन वर्थ सेन्टरमा जन्माएको नानी, वडा नं २ को सहयोग छ नि’ भन्ने कार्यक्रम राखेका छौं । हामीले कृषि क्षेत्रमा तालिम दियौं, नगदे बालिमा र गाई बस्तु पालनमा तालिम दियौं । समग्रमा भन्नु पर्दा विकास निर्माण संगसंगै मानवीय संसाधनको स्किल डेबलभमेन्टको काम गत बर्ष ग¥र्याै ।
विकास निर्माणका काम कति प्रतिशत सकिए ?
वडा नं २ मा चाहि हामीले ८५ प्रतिशत काम सक्यौं । १ करोड रुपैयाँ बजेटमा लगभग १५ लाख रुपैयाँ बजेट चाहीं हामीले काममा परिणत गर्न सकेनौं । त्यो चाहीं उपभोक्ता समिति गठन भएपनि समितिले विविध कारणले काम गर्न सकेन ।
जनताले कस्तो किसिमको अपेक्षा गरेका हुँदा रहेछन् ?
जनताको खासै ठूलो अपेक्षा देखिन्न । घर अगाडिको बटो राम्रो होस, बिजुली राम्रो बाल्न पाइयोस्, भोल्टेज छैन ट्रान्सफर्मर फेर्न पाइयोस् । सिचाईको राम्रो प्रबन्ध गरिदिएर कुलो पैनी बनाइदिए हुन्थ्यो । अलिबढी मन्छेहरु चाहीं जागिरको सृजना गरिदिए हुन्थ्यो भन्ने खालको अपेक्षा गरेका रहेछन् । दीर्घकालिन पूर्वाधार नभएकोले हामीले योजना अन्तर्गत कालोपत्रे शुरु गरेका हौं । छात्रवृत्तिको कार्यक्रम जनताले माग गरेको होइन, हामीले पहिचान गरि विशेष हाम्रो वडामा आर्थिक रुपले बिपन्न, चेतनाको दृष्टिकोणले न्युन भएकोले यहाँबाट बाहिर पढ्न जान सक्ने सम्भव छैन । बिशेष गरि आम नागरिक जाने भनेको नै भौंसावारी क्याम्पस नै जान्छन् । त्यही हिसाबले गत साल पनि हामीले ९२ जना विद्यार्थीलाई छात्रवृत्ति दिएको हो । अहिले पनि त्यही भोल्युमको राखेका छौं । हामीले गरिब तथा बिपन्न बर्गका विद्यार्थीलाई टार्गेट गरि जनताको माग नभएपनि हामीले आफैं माग गरेर दिर्घकालिन पूर्वाधारहरुको समाधान गर्ने गरेका छौं ।
युवा लक्षित के कस्ता कार्यक्रमहरु राख्नुभएको छ ?
वडाले गत वर्ष कृषि मुलक कार्यक्रमहरु दिएको थियो । युवाको लागि छुट्टै तालिम थियो, त्यो तालिम हामीले सम्पन्न गर्न सकेनौं । गाई, भैसी सम्बन्धि तालिम थियो त्यो हामीले सम्पन्न ग¥र्याै । त्यस पक्षि मुडा बुन्ने तालिम सम्पन्न ग¥र्यौ । गत बर्ष कृषकहरुलाई सम्मान गरेर वडा नं २ भरिकै कृषकहरुलाई भेला गरि संगठन बनाएका छौं । त्यसलाई नै आधार बनाएर हामीले कार्यक्रमहरु राखेका छौं । समग्र कानेपोखरीमा नै गत बर्ष कृषीमा २० लाख छुटिएको हो । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत त्यसमा लाभ गर्न त वडा नं १ देखि वडा नं ७ सम्मकै वडावासीहरुले पाएका छन् ।
काम गर्दा नीतिगत अप्ठ्याराहरु छन् कि ?
जनप्रतिनिधिको सोच चाहीं कसरी जनतालाई सेवा सुविधा दिने भन्ने हुन्छ । यो नयाँ सिस्टम पनि होला । नयाँ नौलौ भएर पनि होला जनप्रतिनिधि र कर्मचारी बिचमा त्यती मेलमिलाप देखिएको छैन । उनीहरु बढी नियम कानुन प्रति फोकस गर्छन्, हामी भने सेवा प्रति फोकस गर्छौ । अब यसबीच समाधान निकाल्नु पर्ने हुन्छ । बिशेष गरी वडामा त्यो समस्या देखिन्छ । अहिले राज्यले नै त्यस्तो नियम बनाइदिएको छ । सबै कुरा कहाँ हुन्छ भन्दा खेरी गाँउपालिकामा हुन्छ विकास निर्माण वडाले गर्छ भनेको तर त्यसको हरेक कुरा प्रकृया पूरा गर्न गाँउपालिका पटक–पटक जानै पर्ने । एउटा विकास निर्माणको काम शुरुदेखि अन्त्यसम्म वडामा भए राम्रो हुन्थ्यो । आम्दामीको श्रोत चाहीं वडा नै हो र खार्च चाही गर्ने अधिकार छैन भनिएको छ । तर मानिसहरु बेवारिसे अवस्थामा, मरेको अवस्थामा भेटिंदा हस्पिटलसम्म, पोसमार्टम गर्न लानु पर्दा हामीले अचानक उनीहरुलाई राहत दिन नसक्ने अवस्था छ । आर्थिक प्रशासन चाही गाउँपालिकाबाट नै गर्नु नीतिगत व्यवस्था छ । त्यसैले अलिकति समस्या छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
यस कुरकुरे डटकम पत्रिकाले हामी वडा नं २ लाई सम्झेर वडामा आएर, यहाँ भएको समग्र गतिविधिको बारेमा सोध्न, बुझ्न र प्रकाशित गर्न समय दिनुभयो म यस पत्रिकालाई धन्यवाद दिन चाहन्छु । यस कुरकुरे डटकम पत्रिका साप्ताहिक रुपमा आइरहेको छ । हाम्रो कानेपोखरी गाँउपालिका वडा नं ६ रमाइलोसम्म मात्र आइरहेको छ । सकिन्छ भने हाम्रो गाँउपालिका भरि पहुँच पुगोस यस कुरकुरे डटकम पत्रिकाको प्रगतिको पनि शुभकामना दिन चाहन्छु । जनप्रतिनिधि भएर १ बर्षको दैरानमा छु । केही–केही कुरा गर्दै भन्दै जाँदाखेरी हामीले सिकाइको क्रममा केही कमजोरी भएको छन् । जनताले जुन अपेक्षा राख्नु भएको छ । वहाँहरुको चाहनामा शतप्रतिशतमा शतप्रतिशत हामी नउत्रिएको पनि हुन सक्छौ । त्यो कमिकमजोरीलाई हामी आउँदा दिनहरुमा सुधार्दै जनताको जनचाहाना अनुसार विकास निर्माण, भौतिक पूर्वाधारदेखि लिएर मनवीय विकासको बाटोमा हाम्रो वडा नं २ तर्फबाट केन्द्रित गर्ने छौं भन्ने म यहि कुरकुरे डटकम पत्रिका मार्फत् भन्न चाहन्छु ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes