सिंहदेवी सामुदायिक वनले ग¥यो विपन्नलाई राहत वितरण - Pahilo Online

सिंहदेवी सामुदायिक वनले ग¥यो विपन्नलाई राहत वितरण

writer

 

 

बाहुनी । बेलबारी ८ मोरङमा रहेको सिंहदेवी सामुदायिक वन उपभोक्ता समुहले विहिबार १ कार्यक्रमको आयोजना गरि ४५ घर अति विपन्न उपभोक्तालाई राहत वितरण गरेको छ ।

समूहले प्रति परिवार १ थान सिरानी, तन्ना, म्याट, झुल, टर्च, ब्ल्याङकेट, गरि ६ प्रकारका समग्री बितरण गरेको छ । अघिल्ला वर्षमा आर्थिक उपार्जनमा सहयोग पु¥याउँदै आएकामा यो वर्ष त्यसलाई परिवर्तन गरि जिन्सी सामान बितरण गरेको छ । आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम लिएर अगाडि बढ्ने संस्थाले जनाएको छ ।

वनको आम्दानीबाट गरिबी निवारण कोषबाट वर्षेनी वितरण गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिदै सो कार्यक्रम गरिएको संस्थाका कोषाध्यक्ष गणेश खड्काले जानकारी दिए ।

प्रमुख अतिथि एवं वडा नं. ७ का अध्यक्ष चेतराज बस्नेतले वास्तविक गरिब र निमुखाको हुन पहिचान गरिनुपर्ने बताए । वन समूह, राज्यका ३ वटै तहमा तथा विभिन्न संघ संस्थाले कार्यक्रमहरु ल्याइरहेको अवस्थामा वास्तविक राहत पाउनुपर्ने हो कि होइन त्यसलाई ख्याल गर्नुपर्नेमा बस्नेतले जोड दिए ।

कार्यक्रममा योगेन्द्र नेपाली, नेकपा वडा अध्यक्ष टेकबहादुर विष्ट, वडा नं. १० का अध्यक्ष गंगा याख्खा लगाएतले शुभकामना मन्तव्य राखेका थिए । जम्मा २७१ हेक्टर क्षेत्रफलमा फैलिएको यो वनको स्थापना २०५६ सालमा भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes