चन्द्रकिरातेश्वरले ग¥यो दातालाई सम्मान - Pahilo Online

चन्द्रकिरातेश्वरले ग¥यो दातालाई सम्मान

writer

पहिलो अनलाइन

 

 

पथरी । मोरङको पथरीशनिश्चरे–३ स्थित चन्द्रकिरातेश्वर माविले विद्यालयलाई सहयोग गर्ने दाता, अभिभावक र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले विद्यालय हातामा एक समारोहको आयोजना गरी विद्यालयलाई उक्त सम्मान गरेको हो ।

विद्यालयलको अक्षय कोष स्थापनाका लागि एक लाख रुपैयाँ प्रदान गर्ने पथरीशनिश्चरे–१ घर भई हाल मकाउमा रहेका प्रदिपकुमार राईलाई विद्यालयले सम्मान गरेको हो । यसैगरी, नियमित रुपमा बच्चालाई टिफिन ल्याउने र सफा सुग्घर राख्ने अभिभावक फुलमाया चेम्जोङ, जेहेन्दार बच्चाको अभिभावक पवित्रा लक्सन र रत्नबहादुर बराइलीलाई सम्मान गरिएको छ ।

यस्तै, कक्षा १० का जेहेन्दार विद्यार्थी मौशम चेम्जोङ, सरु विक, कक्षा ८ का देव रिमाल, कक्षा ६ की इंग्लिसा राई, कक्षा ४ की इलुसा लावती र कक्षा ५ का मनिष सुनुवारलाई प्रोत्साहन स्वरुप शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

सो अवसरमा सामुदायिक सिकाई केन्द्रले शैक्षिक गुणस्तर कसरी वृद्धि गर्ने भन्ने विषयमा अन्तरक्रियाको आयोजना समेत गरेको थियो । कार्यक्रममा केन्द्रकी अध्यक्ष कृष्णकुमारी विकले विद्यालयमा र घरमा समेत बालमैत्री व्यवहार हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बालबालिकाहरुले नृत्य प्रस्तुत गरी सहभागिहरुलाई मनोरञ्जन दिलाएका थिए ।

पथरीशनिश्चरे नगरपालिकाकी उप–प्रमुख यमुना विष्ट प्रमुख अतिथि रहेको कार्यक्रममा विद्यालयका प्रअ हर्क जिमीको सभापतित्व र शिक्षक महेन्द्र ढुंगानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes