“वैज्ञानिक वन व्यावस्थापन राम्रो प्रणाली हो, यसलाई सबैले अपनाउनु पर्छ” - Pahilo Online

“वैज्ञानिक वन व्यावस्थापन राम्रो प्रणाली हो, यसलाई सबैले अपनाउनु पर्छ”

writer

पहिलो अनलाइन

 

दिन चर्या कसरी बिताइरहनु भएको छ ?
सामुदायिक वनको काम गर्ने मान्छेको एकैछिन फुर्सद हुदैन । सामुदायिक वनको धेरै काम हुन्छ । नगर्नेहरुको लागि खासै काम देखिन्दैन । म यस वनको काम गरेर दिन विताइरहेको छु ।

जनसेवा सामुदायिक वनले के कस्ता कामहरु गरिरहेको छ ?
अहिले वन विकासको काम भैरहेको छ । विरुवाहरु गोडमेल र विभिन्न ठाउँहरुमा विरुवा रोप्ने काम भैरहेको छ । यस वाहेक गरिवि न्युनिकरणका लागि हाम्रो अफिसमा सिलाइ, बुनाइ र कटिङको काम भैरहेको । हामीले टोलीटोलीबाट छानेर तालिमहरु दिइरहेका छौं । पोहोर साल हामीले प्लम्वलरको तालिम र हाउस वायरिङ तालिस दिएका थियौं । सामाजिक क्षेत्रमा बाटो निर्माणको लागि लगभग २६ लाख लगानी ग¥र्यौं । ढल निर्माणकोे लागि ९ लाख सहयोग गरेका छौं ।

यस वनको क्षेत्रफल कति छ ?
वैज्ञानिक वन व्यावस्थापन गर्नु भन्दा पहिला हाम्रो वनको क्षेत्रफल १९८.९५ हेक्टर थियो । थप अहिले जिल्ला वनसँग माग गरेर ३०५ हेक्टर रहेको छ ।

उपभोक्ता घरधुरी कति छन् ?
हाम्रो उपभोक्ता घरधुरी ६८१ रहेका छन् ।

जनसेवा सामुदायिक वनले आगामी दिनमा के गर्ने योजना बनाएको छ ?
हाम्रो आगामी योजना भनेको पर्यटकीय क्षेत्र बनाउने सोच छ । हाम्रो वनमा जलासय नभएतापनि अन्य कुराको पूर्वाधार निर्माण गरी बाहिरी पर्यटकलाई भित्र्याउने लक्ष्य र उदेश्य छ । गाउँ टोलका गरिव उपभोक्ताहरुलाई बार्षिक रुपमा २ जनालाई निःशुल्क घर निर्माण गरिदिन्छौ र निःशुल्क तालिम दिन्छौ । तालिम लियो भने आफ्नो खुट्टामा उभिन्छन् ।

 


अन्त्यमा के भन्न चाहनुहुन्छ ?
अहिलेको अवस्थामा सामुदायिक वन सञ्चालन गर्ने सम्पूर्ण साथीहरुलाई म के भन्न चाहन्छु भनें वन सम्रक्षण गर्ने मात्र होइन काटेर प्रयोग गर्ने चिज पनि हो । त्यसलाई नयाँ तरिका आएको छ, वैज्ञानिक वन व्यावस्थापन । हरेक देशले यो प्रणालि अपनाएको छ । हाम्रो देशमा चाहि पहिलो चोटि भएर सबै रुख डङडङ काटेको देखिन्छ, तर सम्पूर्ण कुराको फल रोपेपछि फसल त उठाउनु पर्छ । जस्तो रोपेको धान पाकेपछि उठाउनु पर्छ । त्यसैले वैज्ञानिक वन व्यावस्थापन एक राम्रो प्रणलि हो । यसलाई अपनाउनु पर्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes