जीवन विकासले दियो किसानलाई राहत - Pahilo Online

जीवन विकासले दियो किसानलाई राहत

writer

पहिलो अनलाइन

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–६ का अम्बरबहादुर थापा पेशाले कृषक हुन् । उनले घरपरिवारको लागि दुई वटा जर्सी गाइ पालन गर्दै आएका छन् । घर परिवारको लगि आवश्यक पर्ने दूध राखेर धेरै भएको दूध जीवन विकास समाजद्वारा सञ्चालित डेरी उद्योगलाई बिक्री गर्दै आएका छन् ।

‘जीवन विकास समाजले खरिद गर्ने सहकारीलाई दैनिक रुपमा १२ देखि १५ लिटरसम्म दूध बिक्री गर्दै आएको छु,’ कृषक थापाले भन्नुभयोे, ‘गाउँ–गाउँमा पुगेर हामीजस्तो किसानले पालेको गाइको दूध खरिद गरेर हामीलाई आयआर्जनमा सहज पु¥याइदिएको छ ।’ थोरै दूध भएपनि दैनिक समाजले खरिद गर्ने गरेको छ ।

दूध विक्री गरेर जीवन विकासले दिएको पैसाले गाइलाई अवाश्यक पर्ने आहार (चोकट) देखि घर खर्च चलाउन थप टेवा पुगेको कृषक थापाले जानकारी दिनुभयो । थापा मात्र होइन यसरी जीवन विकास समाजद्वारा सञ्चालित जीवन विकास डेरी प्रोडक्सले धेरै किसानको दूध खरिद गर्दै आएको छ । अहिले मोरङ, इलाम र धनकुटा जिल्लाको गाउँगाउँबाट किसानले उत्पादन गरेको दैनिक ७ देखि ८ हजार लिटर दूध संकलन गरी विराटनगर ल्याउने गरेको जीवन विकास डेरी प्रोडक्स प्रालिका संञ्चालक ओमनाथ भण्डारीले जानकारी दिनुभयो ।

‘तीनवटै जिल्लामा किसानले उत्पादन गरेको दूध स्थानीय स्तरमा रहेका सहकारीले लिने गर्दछन्,’ सञ्चालक भण्डारीले भन्नुभयो, ‘ती सहकारीबाट हामी दूध लिने गर्दछौं ।’ दैनिक रुपमा संकलन भएको दूध विराटनगर ल्याएर विभिन्न परिकारहरु बनाउने गरेको समाजले जनाएको छ । अहिले दूधबाट पनिर, दहि, घीयूलगायतको विभिन्न परिकारहरु बनाएर बजारमा पठाउने गरेको उहाँले बताउनुभयो ।

जीवन विकास डेरी प्रोडक्स प्रालिले उत्पादन गरेको परिकारहरु सजिलै बजारमा बिक्री हुने गरेको छ । ‘हामी आफनै प्रोडक्सको स्टीकर प्रयोग गर्दछौं,’ सञ्चालक भण्डारीले भन्नुभयो, ‘हाम्रो कम्पनीको उत्पादन गुणस्तरीय हुने भएकोले बजारमा पनि सजिलै खपत हुने गर्दछ ।’

जीवन विकासले दूधबाट उत्पादन गरेको परिकारहरु विराटनगर, रङ्गेली, इनरुवा, धरानलगायतको शहरहरुबा पठाउने गरेको छ । उद्योगमा ४५ जनाले रोजगारीसमेत पाएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes