कार्टुन उद्योगमा आगलागी - Pahilo Online

कार्टुन उद्योगमा आगलागी

writer

पहिलो अनलाइन

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकास्थित अरिहन्त कार्टुन उद्योगमा आगलागी भएको छ । उद्योगमा बुधबार राति लागेको आगो नियन्त्रणका लिनका लागि मात्रै १६ घण्टा बढी लागेको थियो ।

राति १० बजेबाट सुरु भएको आगो बिहीबार दिउँसो २ बजे मात्रै नियन्त्रणमा आएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिनुभयो । कार्टुन फ्याक्ट्रीमा लागेको आगो भित्रभित्रै सल्किएका कारण निभाउन समय लागेको थियो ।

विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । उक्त उद्योग पारस लुनियाले संचालन गरेका थिए । आगो नियन्त्रणका लागि मात्रै झापा, मोरङ, सुनसरी र सप्तरीदेखिका १० वटा दमकल परिचालन गरिएको थियो ।

दमकल, स्थानीय बासिन्दा, नेपाल र सशस्त्र प्रहरी एवं नेपाली सेना आगो नियन्त्रणमा खटिएका थिए । उद्योगका मेनेजर कपिल रेग्मीका अनुसार आगोमा जलेर गोदाममा भएका तयारी सामानहरु, उद्योगका मेसिनहरु, वेस्टेज पेपर पूर्ण रुपमा नष्ट भएको छ । आगोबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes